ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे भेरी अस्पतालमा यतिवेला विरामीकाे चाप बढेकाे  छ । पश्चिम नेपालकै एक मात्रै उत्कृष्ट अस्पतालका रूपमा रहेकाे भेरीमा विरामीकाे चाप बढेपछि आबश्यक जनशक्ति परिचालन गरेर सेवाग्रााहीमैत्री व्यवहार र सहज उपचार अस्पतालले प्रवाह गर्दै आएकाे छ ।

विरामीले डायलासिस, इमर्जेन्सी, प्रसुती, अर्थाे लगायतका वाडहरु भरिभराउ हुने गरेेेका छन ।  यसरी बिरामीकाे चाप बढेपनि  अस्पतालले    बेडकाे अभावमा  खाली ठाउँ र काेलियामा राखेरै पनि उपचार दिने गरिएको अस्पतालका मेसु निराजन सुवेदी बताउँछन् ।

अस्पतालकाे प्रसुती वाडमा  रहेका १० वटा बेडमा दैनिक २८/३० जना विरामीकाे बेडमा र थप विरामीलाई बेड अभावमै पनि बाहिर काेलियामै उचित व्यवस्थापन गरि उपचार गरि सेवा दिने गरिएको छ ।

अस्पतालमा बेड अभाव रहेछन तर, अस्पतालले बाहिर राखेर भए पनि उपचार गर्ने गरेकाे छ दैलेखबाट उवचारका लागि आएका धिरज रेग्मीले भने ” काेलियामै भए पनि उपचार पाइएकाे छ, डाक्टर र नर्सले नियमित विरामी हेर्ने र कुरुवालाई  उचित सल्लाह, परामर्श दिने गरेका छन ।”

पश्चिम नेपालकै रिफरल सेन्टर भएकोले यहाँ कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ३१ जिल्लाकाे उपचार केन्द्र हँदा। निजि अस्पतालमा आमा सुरक्षा कार्यक्रम हटेपछि लगभग एक बर्षदेखि भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवा  लिन आउनेकाे भीड हुने गरेकाे  चिकित्सकहरु बताउँछन् ।

बर्दिया जिल्लामा समेत चिकित्सक नहुँदा भेरीमै विरामी आउन थालेपछि विरामीकाे संख्या झन बढेकाे स्त्री तथा प्रसुती विभागीय प्रमुख  डाक्टर   उर्मिला पराजुली बताउछिन ।

भेरी अस्पतालले गएको आर्थिक बर्षकाे पहिलाे पाँच महिनामा   सामान्यतर्फ १ हजार ८ सय ३४, सल्यक्रियाद्वरा सुत्केरी ७ सय ८ जना, भ्याकुम डेलिभरी ९८ गरि जम्मा २ हजार ६ सय ४० जनालास्वा प्रवाह गरेकाे थियाे ।

अहिले यश आर्थिक बर्षकाे पहिदाे पाँच महिनामा सामान्य तर्फ २ हजार १ सय ४ जना, सल्यक्रियाद्वारा सुत्केरी १ हजार ५६ जना र भ्याकुम १ सय १५ जना गरि ३ हजार २ सय ७५ जना महिलालाई सहज सेवा प्रवाह गरेकाे अस्पतालकाे रेेकडमा उल्लेख छ ।

यसले पनि भेरी अस्पतालले प्रसुतीसँगै  डायलासिस, आइसियु, एनआइसियु, क्लाथ ल्याब, मेडिकल र अर्थाे, इमर्जेन्सी लगायचका वाडमा समेत विरामीकाे चाव दैनिक बढेकाे र  कम जनशक्ति, बेड अभावकै बाबजुद पनि   चिकित्सक, नर्सले उचित सेवा प्रवाह गरिरहेकाे मेसु सुवेदी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय