ट्रेण्डिङ

नेपालगन्ज : आगामी चुनावका लागि बाँकेका तीनवटै क्षेत्रबाट एमालेले केहीकाे नाम सिफारिस गरेकाे छ । तर, यी नाम सिफारिस मनाेमानी र दादागिरीशैलीमा विधि विपरीत भएको भन्दै जताततै बिराेध र असन्तुष्टि देखिएको छ ।

बाँकेकाे क्षेत्र एकमा सुर्य ढकालकाे नाम मनाेमानी र दादागिरी तथा खुराफाती ढंगले गरिएको भन्दै  नरैनापुर गाउँ  कमिटीले  असन्तुष्टि जनाउँदै बहिष्कार गरेकाे स्थानीय  नेता साेहनलाल यादव बताउँछन् ।

संघीय साँसदका लागि उम्मेदवारकाे नाम पठाउने बैठकमा ढकालले केन्द्रीयता लाद्दै  आफू निकट केही  युवाहरूको सहयाेगमा एकल नाम सिफारिस   गरेपछि अहिले उक्त क्षेत्रमा ढकालकाे चरम बिराेध भैरहेको छ ।

यता क्षेत्र नम्बर तीनमा पनि दलबहादुर सुनारकाे एकल नाम पारिएको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन । किस्मत कक्षपति लगायतका सिनियर दर्जनबढी नेताले उक्त सिफारिस बदर गरि विधि अनुसार तीनजनाको नाम सिफारिस गर्न माग गर्दै सम्बन्धित निकायमा उजुरी समेत हालेका छन ।

उम्मेदवारी सिफारिसका लागि आकाक्षीकाे कुनै पनि सहमति बिना क्षेत्रीय  कमिटीले जबर्जस्ती सुनारको मात्रै  नाम सिफारिस  गरेकाेले उक्त  सिफारिस बदर हुनुपर्ने उजुरीमा उल्लेख छ ।

बाँकेकाे दुईमा  पनि  उम्मेदवार सिफमा सबैकाे समर्थन नभएको र सुनिर समुहकाे मनाेमानीमा निरक गुरुङले आफुसहितका केहीकाे नाम सिफगरेकाे भनिएको छ ।

उम्मेदवार सिफारिसमै यसरी खुराफात हुन थालेपछि आगामी फागुन २१ काे चुनाजमा बाँकेबाट एमाले निल हुने देखिएको छ । याे सबै सुनिर समुहकाे अराजकता, दादागिरी, मनाेमानीका कारण हुने पक्का छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय