नेपालगन्ज : भारतकाे लखनउमा सन्चालित अस्पतालले नेपाली एम्बुलेन्स र गाडी ठेक्कामा लिएर विरामी ओसार्ने गरेका छन ।
यसरी ठेक्कामा रहेका एम्बुलेन्सले नेपालगन्ज र काेहलपुरका अस्वताल र मेडिकललाई केन्द्र बनाएर कर्ढाली, लुम्बिनीका विभित्र ठाउँबाट आउने विरामीलाई ललाई फकाई सेटिङ्गकाे अस्पताल लैजाने गरेका छन ।
लखनउकाे देविना, निच सिंहकाे लगायतका अस्पतालले नेपाली एम्बुलेन्स ठेक्कामा लिएका छन । नेपाली एम्बुलेन्सले विरामीकाे इच्छा विपरीत पनि फकाएर यी अस्पतालमा जबर्जस्ती विरामी लिने र कमिशन खाने गरेका छन ।
यसमा नेपालगन्जका दलिय गुण्डादेखि अस्पताल र मेडिकल सन्चाल हुँदै विभित्र संस्थाका एम्बुलेन्स चालकहरू संलग्न देखिएका छन । यसले विरामीहरु चरम शाेषणमा परेका छन ।
कतिपय विरामीका आफन्तले भारती शहर लखनउका अस्पतालले नेपालगन्जमा राखेर कमिशनखाृर विचाैलिया माथि कारवाही र लखनउका अस्पताल माथि निगरानी गर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरेका छन ।
श्रोतका अनुसार नेपालगन्ज बाट एउटा विरामी पठाए वाफत देविना अस्पतालका विनय सिंह, अर्का एक अस्पतालका सन्चालक नितु सिंह, जाेभियलका उदेश सीह लगायतले २/ ढाई लाख सम्म नेपालमा कमिशन बाँडने गरेकाे नेपालगन्जका विचाैलिया नै बताउँछन् ।
देविना अस्पताल र रितुले नेपालगका केही मेडिकल र अस्पताललाई समेत विचाैलियाका रूपमा प्रयाेग गरिरहेकाे खुलेकाे छ






