नेपालगन्ज : बाँकेकाे निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका संघीय साँसद उम्मेदवार माेहमद इस्तियाक राईले भारी मतान्तरले ह्याटि्रक मार्ने देखिएको छ ।
राईका प्रतिस्पर्धी मानिएका काङ्ग्रेस उम्मेदवार सुधान्सु काेइराला आफुमा अब्बल भएपनि काङ्ग्रेसकै स्थानीय नेतृत्वका कारण उपविजेताकाे उपाधी हत्याउने आँकलन गरिएको छ ।
स्थानीय सरकार वा राजनीतिले राष्ट्रिय राजनीतिमा केही न केही प्रभाव पार्छ । जसकमे उदाहरण नेपालगन्ज उप–महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर प्रशन्त बिष्टकाे विकाु समृद्धि प्रतिकाे उदासीनता हाे ।
नाला, पेटिका, सडक अतिक्रमण, अव्यवस्थित पार्किङ र बढ्दो फोहोर व्यवस्थापनजस्ता आधारभूत शहरी समस्यामा अपेक्षित काम गर्न नसकेको भन्दै जनस्तरबाट चर्को असन्तुष्टि देखिन थालेको छ।
यसैको असर प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालामाथि समेत पर्न थालेको देखिन्छ।
यता शहरकाे विकास र समृद्धिमा विगतमा राईले गरेका सडक पुर्वाधार, स्वास्थ, शिक्षा खेलकुद लगायतका क्षेत्रकाे निर्माणकाे चर्चन जतासुकै चुलिएको देखिन्छ । यसले पनि काङ्ग्रेस उम्मेदवार उपविजेतामा सपमित रहने देखिन्छ ।
यस क्षेत्रमा अहिले एमाले विजेता, काङ्ग्रेस उपविजेता र रास्वपा तेर्सो पाेजिसनमा रहने निश्चित जस्तै भएको छ । यसअघि एमालेसँगकने गठबन्धनमा जितेकाे राप्रपा अहिले चार नम्बरमा आफ्नाे बिराधरी कायम राख्ने छ ।
स्थानीय बासिन्दाहरूका अनुसार नगरका मुख्य बजार क्षेत्र, भित्री सडक र आवासीय इलाकाहरूमा नाला मर्मत नहुँदा पानी जम्ने, पेटिका अतिक्रमण हुँदा पैदल यात्रु समस्यामा पर्ने र जथाभावी पार्किङका कारण सवारी आवागमन अवरुद्ध हुने अवस्था लामो समयदेखि यथावत् छ।
वर्षात्को समयमा नालाबाट पानी ननिस्कँदा घर–घरमा दुर्गन्ध फैलिने र स्वास्थ्य जोखिम बढ्ने गुनासो समेत बढ्दै गएको छ।
त्यस्तै, फोहोर व्यवस्थापनमा स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन नहुँदा नगरका विभिन्न स्थानमा फोहोर थुप्रिने, समयमा संकलन नहुने र खुला स्थानमै फालिने प्रवृत्ति बढेको स्थानीयको भनाइ छ।
“मेयरले चुनावताका बेला गरेको प्रतिबद्धता कागजमै सीमित भयो,” स्थानीय व्यापारीले भने, “दैनिक जीवनसँग जोडिएका यस्ता समस्या समाधान हुन नसक्दा स्वाभाविक रूपमा जनताको भरोसा घट्दै गएको छ।” उनले थपे ” यसकाे असरले संघीय चुनाउमा काङ्ग्रेस पछि पर्छ ।”
यही असन्तुष्टिको प्रत्यक्ष प्रभाव क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार सुधान्सु कोइरालामाथि पर्न थालेको देखिन्छ। स्थानीय मतदाताहरूले नगर सरकारको कार्यसम्पादनलाई आधार बनाएर पार्टीकै उम्मेदवारमाथि प्रश्न उठाउन थालेका छन्।






