नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) यतिवेला टुट/ फुटकाे संघारमा देखिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देलकाे अराजकता/ तानाशाही र मनपरीतन्त्रका कारण अहिले नेता कार्यकर्ताबिच मतभेद हुन थालेकाे छ ।
महामन्त्री डाक्टर धवल शम्सेर राणाले समेत पार्टीबाट राजिनामा समेत दिएर नयाँ शक्ति गठनकाे अभियान थालेका छन । यसअघि हुनुपर्ने महाधिवेशन संघीय चुनावका कारण राेकिएपछि अब बस्ने राप्रपा केन्द्रीय कमिटी बैठकले महाधिवेशनकाे मिति तय गर्ने श्रोत बताउँछ ।
आगामी महाधिवेशनमा अहिलेका संघीय साँसद तथा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीपनि अध्यक्षका लागि दाैडधुपमा रहेकाे राप्रपा केन्द्रीय कमिटीकाे बिश्ष श्रोताले सिद्धपाइलालाई जानकारी दिएकाे छ ।
साँसद शाहीले सामाजिक सन्जाल फेसबुकमा लेखेकाे एक स्टार्टसले पनि यतिवेला फुटकाे नभई जुटकाे राजनिती आबश्यक रहेकाे उल्लेख गर्दै आगामी महाधिवेशनमा अध्यक्षका लागि आफ्नाे दाबी रहने संकेत समेत गरेका छन ।
उनले लिङ्देल र रणालाई लक्षित गर्दै लेखेका छन “तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन ? ”
यतिखेरको समय एकअर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो उजी लेख्छन “तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने ? एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिन लिनुपर्ने । पदका लागि यति धेरै हानाथाप र अहंकार किन ?” उनकाे प्रश्न छ ।
नेतृत्वको यो व्यवहारले संगठन मात्र होइन, कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा पनि टुटिरहेको छ। नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हुनुपर्ने उनकाे भनाइ छ ।
एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्। अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन शाहीले कडा रूपमा लेखेका छन ” तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान पनि वाक्क भइसक्य होलान् ।”






