ट्रेण्डिङ

नेपालगन्ज : गृहमन्त्री सुधन गुरुङले छानबिनमा रहेका सबै फाइल खोलिने घोषणा गरेपछि पुराना विवादित प्रकरणहरू फेरि चर्चामा आउन थालेका छन् ।

गृहमन्त्री गुरुङले पदभार ग्रहणपछि सार्वजनिक गरेको निर्णयमा दरबार ह’त्याकाण्डदेखि विभिन्न विचाराधीन फाइलहरू अघि बढाउने संकेत गरेका थिए ।

यही घोषणापछि नायिका श्रेसा आत्मह’त्या प्रकरण पनि पुनः चर्चामा आएको छ ।

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले उक्त प्रकरण आत्मह’त्या दुरुत्साहनको कोणबाट फेरि अनुसन्धान हुनुपर्ने माग उठाउन थालेका छन् ।

त्यसक्रममा पत्रकार किशोर श्रेष्ठको नामसमेत जोडेर चर्चा भइरहेको छ । यद्यपि यस विषयमा सरकारी निकायबाट कुनै औपचारिक निर्णय वा अनुसन्धान प्रक्रिया अघि बढाइएको सार्वजनिक जानकारी आएको छैन ।

कानुनी रूपमा कसैलाई दोषी ठहर गर्न अनुसन्धान, प्रमाण र न्यायिक परीक्षण आवश्यक हुन्छ । त्यसैले कुनै व्यक्तिको नाम चर्चामा आउँदैमा अपराध प्रमाणित भएको मान्न नमिल्ने कानुनी जानकारहरूको भनाइ छ ।

गृह मन्त्रालयले भने पुराना तथा विचाराधीन फाइलहरू अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने संकेत गरेको छ । यसले एमाले अध्यक्ष केपी ओलीदेखि पत्रकार किशार श्रेष्ठसम्म निशानामा पर्ने आँकलन गरिएको छ ।

यदि श्रेसा प्रकरण पनि सम्बन्धित निकायको प्राथमिकतामा परेमा आत्मह’त्या दुरुत्साहन वा अन्य कोणबाट त्यसको कानुनी समीक्षा हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech