ट्रेण्डिङ

नेपालगन्ज :   नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अध्यक्ष केपी ओलीले नयाँ राजनीतिक समीकरणको संकेत दिएका छन्। पार्टी पुनर्गठन अभियान तीव्र बन्दै जाँदा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भावी नेतृत्वका रूपमा अघि सार्दै नेकपाका संयोजक पुष्प कमल दाहालसँग कार्यगत एकताको प्रस्ताव पठाएको दाबी गरिएको छ!

स्रोतका अनुसार एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नेतृत्वको पुनर्गठन अभियानले गति लिएपछि ओलीले वैकल्पिक रणनीति अपनाएका हुन्। ओली निकट वृत्तले विष्णु-शंकर समूहमाथि नेतृत्वको रक्षा गर्न नसकेको तथा पार्टीभित्र समानान्तर शक्ति निर्माण गरेको आरोप लगाउँदै आएको बताइएको छ!

यही पृष्ठभूमिमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न सकिने धारणा अघि सारेको स्रोतको दाबी छ। सोही सन्देश लिएर एमाले सचिव महेश बस्नेतले प्रचण्ड, माधवकुमार नेपाल, वर्षमान पुन र प्रकाश ज्वालालगायत नेताहरूसँग संवाद गरिरहेको जनाइएको छ!

एमाले स्रोतका अनुसार महेश बस्नेतले ओली र प्रचण्डबीच भेटवार्ताको वातावरण बनाउन प्रयास गरिरहेका छन! तर प्रचण्ड निकट स्रोतहरूले भने एमालेका शीर्ष नेताहरूलाई छाडेर बस्नेतमार्फत आएको प्रस्तावलाई खासै गम्भीर रूपमा नलिएको बताइएको छ!

यता, पुनर्गठन अभियान पक्षधर नेताहरूले भने ओलीले अभियान कमजोर पार्न ‘विद्या कार्ड’ प्रयोग गरेको निष्कर्ष निकालेका छन! विष्णु पौडेल र शंकर पोखरेल नेतृत्वको पुनर्गठन अभियान अहिले विभिन्न प्रदेशमा जारी छ र नेतृत्व परिवर्तनको माग अझ मुखर बन्दै गएको छ!

हालै लुम्बिनी प्रदेशमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेका थिए। कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मालगायत नेताहरू सहभागी थिए!

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले भने नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमी बाजा” को संज्ञा दिएका थिए। उनले पार्टीलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता लाग्नुपर्ने र नेतृत्वबारे उचित समयमा छलफल गर्न सकिने बताएका थिए।

यद्यपि, पार्टीभित्रको पुनर्गठन अभियान र नेतृत्व परिवर्तनको मागले एमालेको आन्तरिक राजनीति थप तरंगित बनेको देखिएको छ! विद्यादेवी भण्डारीको नामलाई केन्द्रमा राखेर अघि बढाइएको भनिएको नयाँ रणनीतिले आगामी दिनमा कस्तो नतिजा दिन्छ हेर्न बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय