नेपालगन्ज : सुशीला कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका नव नियुक्त कार्यकारी निर्देशक डाक्टर निरज भट्टराईले जिम्मेवारी सम्हालेका छन ।
एक कुशल चिकित्सककाे कमाण्नेडमा अस्पताल पुगेकाले आगामी दिनमा अस्पतालको सेवा प्रवाह, व्यवस्थापन क्षमता तथा क्यान्सर उपचार सेवाको गुणस्तर अझ सुदृढ हुने विश्वास गरिएको छ ।
अस्पताललाई क्यान्सर उपचार तथा अनुसन्धानको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्दै बिरामीमैत्री, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित रहने कार्यकारी निर्देशक डाक्टर भट्टराई बताउँछन् ।
संस्थागत सुशासन, सेवा विस्तार, स्रोत–साधनको प्रभावकारी परिचालन तथा स्वास्थ्यकर्मीबीचको सहकार्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने उनकाे भनाइ छ ।
स्वास्थ्य क्षेत्रको लामो अनुभव, व्यवस्थापकीय दक्षता र नेतृत्व क्षमताले अस्पतालको संस्थागत विकास तथा क्यान्सर उपचार सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नागरिकले पनि गरेका छन ।
डाक्टर भट्टराईकाे नेतृत्वमा सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालले सेवाको गुणस्तर, पहुँच र विश्वासनीयतालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएकाे अस्पताल विकास समिति सदस्य महेन्द्र मल्ल बताउँछन् ।






