ट्रेण्डिङ

नेपालगन्ज : बहुमत सहितकाे वालेन सरकार पछिल्लो  समय असफलतातर्फ उन्मुख हुँदै  जान थालेकाेस्पष्ट  देखिएकाे छ ।

सरकार गठन लगत्तै जेनजी आन्दाेलन दबाएकाे निहुँमा काठमाडौका तत्कालीन सिडिओलाई पक्राउ काण्डदेखि निजि मिडियामाथिकाे बिज्ञापन प्रतिबन्ध हुँदै  मिडिया हाउसमा गाडी आतङ्क लगायतका घटनामा सरकार असफल भएको छ ।

अहिले करार कर्मचारी हटाउने सन्दर्भमा समृत वालेन सरकारले कर्मचारी माझ घुँडा टेकेकाे छ । यस्ता विविध अराजक र अमानवीय कामले यतिवेला अपेक्षाकृत वालेन सरकारकाे विराेध हुन थालेकाे छ । याे पनि सरकार असफलताकाे संघारमा रहेकाे प्रमाण हाे ।

नाकामा तस्करी नियन्त्रण देखि पेट्राेल घट/ बढ काण्ड, असुरक्षित नागरिक लगायतका सवालमा वालेन सरकार असक्षम र असफल देखिन थालेकाे छ । नागरिकले ठुलाे अपेक्षा गरेर निर्वाचनमा बहुमत दिएका थिए ।

जस अनुसार सरकार पनि बन्याे तर सरकार जनपक्षीय हुन नसकेकाे अहिले नागरिक नै गुनासाे गरिरहेका छन । सदन पनि निरन्तर सहज वातावरणमा चल्न नसक्नु, वालेन सदन र संसद बैठकमा नियमित सहभागी नहुनुले पनि याे सरकार माथि गम्भीर प्रश्न उठेकाे छ ।

अहिले संसदमा रास्वपाका सभापतिले प्रधानमन्त्री जालेनलाई फकाएर ल्याउनुपर्ने, बाेल्न लाउनुपर्ने अबस्था छ । यसले प्रधानमन्त्री संसदप्रती उत्तरदायि नभएको विपक्षी दलका नेता बताउँदै आएका छन । सडकमा टायरदेखि पुत्ला समेत जल्दै आएकाे अबस्थाले विगत र अहिलेमा कुनै फरक देखिएको छैन ।

यी र यस्ता गतिविधिले संसदकाे गरिमा समेत घटदाे क्रममा देखिन्छ । जुन कुरा रास्वपाका महामन्त्री विवेक आचार्यले समेत संसदमै बाेलेर स्पष्ट पारेका छन ।

सरकार बनेका सय दिनमा सरकारका गतिविधि माथि समीक्षा समेत हुन नसक्नु अर्काे बिडम्वना हाे । यसतर्फ वाल्न सरकारले ध्यान नदिएकाे स्पष्ट  छ । शहरमा बढेकाे कालाेबजारी नियन्त्रणमा पनि सरकार उदासीन देखिएकाे छ ।

जसले आम उपभोक्ता मारमा परिरहेका छन । आशा र अपेक्षा गरिएको सरकारकै अहिले जताततै गुनासा र विराेधका स्वर सुनिन थाल्नु पनि सरकारले अपजस पाउने र असफलतातिर लम्किदै गरेकाे संकेत मान्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय