ट्रेण्डिङ

नेपालगन्ज  : खेलकुद विकास समितिकाे उदासीनता र लापरबाहीले खेल गतिविधि नहुदा बाँकेमा दर्जन खेलका दर्जन खेलाडी पलायन भैरहेका छन ।

यसतर्फ कसैकाे ध्यान जान सकेकाे छैन  । खेलकुदका पदाधिकारी पद अाेगटेर बसेका छन । गतिविधि जिल्लामा शून्य छ ।

क्रिकेटमा नेपालगन्जका खेलाडीले समय समयमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाउँदै आएपनि क्रिकेट मैदानको अभावले खेल सञ्चालन प्रभावित हुँदै आएको छ ।

पश्चिम नेपालकै केन्द्रबिन्दु नेपालगन्जमै एउटा छुट्टै क्रिकेट मैदानसम्म नहुँदा लामो समयदेखि यहाँ विभिन्न प्रतियोगिता गर्न तथा खेल अभ्यास गर्न खेलाडीहरूलाई समस्या हुँदै आएको हो ।

उपमहानगरभित्र क्रिकेट मैदान नहुँदा यहाँका खेलाडीले वर्षौँदेखि मङ्गल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता र अभ्यास गर्दै आएका छन् ।

तर, सो विद्यालयले पनि बेला बेलामा मैदान प्रयोग गर्न नदिँदा प्रतियोगिता नै रद्द गर्नु परेको बाँके जिल्ला क्रिकेट सङ्घका पूर्व अध्यक्ष राम टण्डन बताउँछन् । यति ठुलो सहरमा एउटा क्रिकेट मैदान नहुनु खेलाडी, खेलप्रेमी र सबै नगरवासीका लागि दुखद हाे ।

यसकाे निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकादेखि यहाका जनप्रतिनिधि  र खेलकुद विकास समिति समेत उदासीन देखिएको छ । याेसगै यतिबेला बाकेमा खेलकुदका कुनै पनि गतिविधि हुन सकेका छैनन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय