नेपालगन्ज : बाँकेकाे काेहलपुर नगरपालिकाले निर्माण गर्न लागेकाे नगरकै पुर्वाधार बन्दा बन्दै जीर्ण देखिएको छ ।
कराेडाै लागतमा निर्माण गर्न लागिएको उक्त भवन ठेकेदारकाे ढिलासुस्ती र नगरपालिकाकै उदासीनताले जीर्ण बनिरहेको हाे ।
भवनकाे नि्माण पूरा भएको छैन त भवन निर्ण बनिसकेकाे देखिन्छ काेहलपुरका स्थानीय भुम भण्डारी भन्छन ” नगरका जनप्रतिनिधिकै लापरवाहीमा करोडौंकाे याेजना बिचमै अलपत्र देखिएको छ ।”
स्थानीय सरकारको ९ करोड र स्थानीय पूर्वाधार विकास विभागको ६ करोड अनुदानमा साढे ५ तले अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्न लागिएको नगर प्रमुख आचार्य बताउँछन् ।
दैनिक प्रशासनिक काम गर्न समस्या भइरहेका बेला नयाँ बन्ने भवनले सहजता ल्याउने विश्वास गरिए पनि अहिले भवन अलपत्र हुँदा नगरपालिकाले पुरानै भवनबाट असहज सेेवा दिनपरेकाे छ ।
उक्त भवन आगामी २०८१ साल पुस मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियाे । तर अहिलेसम्म पनि भवन अधुरै मात्रै नभई नबन्दै जीर्ण भैसकेकाे छ ।






