नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा ग्याँसकाे कृत्रिम अभाव देखिएको छ । बजारमा ग्याँस अभाव देखाएर मूल्य बढने आशमा व्यवसायीले कृत्रिम अभाव देखाइएको हाे ।
उपभोक्तालाई ग्याँस उपलब्ध नबनाउने डिलर र व्यवसायीलाई कारवाही गर्ने बाँके सिडिओ दिलकुमार तामाङ्ले चेतावनी दिएका छन ।
तर, व्यवसायीले सिडिओकाे चेतावनीकाे समेत प्रवाह नगरी ग्याँस नभएको भन्दै उपभोक्तालाई सास्ती दिने गरेकाे उपभोक्ता नै बताउँछन् ।
यसरी बजारमा ग्याँसकाे कृत्रिम भैरहँदा स्थानीय प्रशासन र उपभोक्ता हकहित मन्च भने कानमा तेल हालेर बसेका छन ।
अघिपछि बजार अनुगमनका नाममा चर्का कुरा गर्ने मन्च र यस्ता अधिकारबादी संस्था अहिले नागरिकले ग्याँस नपाएर सास्ती पाइरहँदा चुपचाप देखिएका छन ।
यो नितान्त सरकार र नेपाल आयल निगमको अदूरदर्शी नीति, फितलो व्यवस्थापन र बजारमाथिको नियन्त्रण गुम्दा सिर्जना भएको ‘मानव–निर्मित’ संकट हो ।
यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि आयल निगमले २०८२ माघ अन्तिमदेखि आधामात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो । त्यतिबेला आधा सिलिन्डर मात्र वितरण गर्दा बजार अभाव केही हदसम्म सहज बनेको थियो ।
बजारमा होटल तथा व्यावसायिक प्रयोजन र सर्वसाधारण दुवैतर्फ ग्यासको माग बढेको छ ।खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उद्योगी र बिक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्यास अभावको समस्याबाट पन्छिँदै आएका छन् ।






