नेपालगन्ज : बाँकेकाे नेपालगन्ज कारागारमा जडान गरिएकाे जेनेटर प्रयाेगमा नआउँदा अलपत्र परेकाे छ ।
बत्ती जाँदा अध्याराेमा बस्नुपर्ने समस्याकाे समाधानका लागि कारागारकाे ” क” बलकमा रहेका बन्दी रिगल ढकालकाे पहलमा खरिद गरेकाे भनिएको उक्त जेनेरेटर अलपत्र परेकाे हाे ।
क्त जेनेरेटर रिगलकाे पहलमा डुडुवा गाउँपालिकाले खरउद गरिदिएकाे कारागार नेपालगन्जले बताएको छ । अनुमानित २४ लाख मुल्यकाे साे जेनेरेटर तेलकाे अभावमा प्रयाेग गर्न नसकिएको जेलर नृपजङ्ग शाही बताउँछन् ।
उनका असार कम्चिमा ४/५ घण्टा चलाउनका लागि पनि २५/३० लिटर तेलकाे आबश्यकता पर्ने र यति तेल खरिदका लागि कारागारसँग बजृट अभाव भएकोले प्रयाेगमा ल्याउन समस्या भएको हाे ।
यसले गर्दा जेनेरेटर भएर पनि बत्ति नहुँदा कैदीबन्दी अध्याराेमा रात विताउन बाध्य हुनुपरेकाे छ । कैदीबन्दीले जेनेरेटर चलाउन माग त गरेका छन तर, तेल खरिदमा बजृट अभावले चलाउन सकिएको छैन जेलर शाहीले भने” बिगत ५ महिनादेखि जेनेरेटर अलपत्रै छ ।”
यद्यपि तेल खरिदका लागि कारागारले विभागमा लैखी पठाएको छ विभागबाट बजेट आएकाे अबस्थामा संचालन गरिने छ ।
उक्त जेनेरेटर प्रयाेगमा ल्याउन सके कारागारका दुबै बलकमा २४ घण्टा बत्ति बाल्न सकिने छ ।






