ट्रेण्डिङ

नेपालगन्ज : वन कार्यालय दैलेखले नियन्त्रणमा लिएको पत्थर दुई महिनादेखि अलपत्र थुपारिएकाे देखिएको छ ।

भगवतीमाई गाउँपालिकाका एक व्यक्तिले पालिकाकाे सबै नीति नियम र मापदण्ड पुरा गरि उत्खनन् गरेकाे पत्थर वन कार्यालयले जबर्जस्ती नियन्त्रणमा लिएको खुलेको छ ।

लाखौं मुल्यकाे उक्त पत्थर उत्खननमा सबै प्रकृया पूरा भए पनि कमिशन असुल्ने दाउमा वन कार्यालयका हाकिमकाे निर्देशनमा कर्मचारीले नियन्त्रणमा लिएर दुई महिनादेखि अलपत्र राखेकाे व्यवसायी बताउँछन् ।

वनले प्रक्रीया मिलाएर नत लिलाम गर्ने चासाे देखाछ नत सम्बन्धित व्यक्तिलाई दिने नै ।जसले गर्दा पत्थर अलपत्र छ भने व्यवसायीकाे लाखौं रकम डुबिरहेकाे छ ।

वनले व्यक्तिलाई नदिने भए तत्काल लिलाम गर्नपर्ने स्थानीय एम सापकोटा बताउँछन् । तर, वनले यस कार्यालय भने उदासीन छ ।

दैलेखमा परम्परागत रूपमा घर छाउन तथा बनाउन स्थानीय स्तरमा पाइने प्राकृतिक पात्थर (ढुङ्गा) र माटोको प्रयोग गरिन्छ। यहाँका ग्रामीण क्षेत्रमा (जस्तै मनघर लगायतका गाउँहरूमा) ढुङ्गा, माटो र काठबाट बनेका मौलिक शैलीका आकर्षक चौमुखे तथा परम्परागत घरहरू हुन्छन ।

यश बिषयमा बुझ्न पटक/ पटक फाेन गर्दा दैलेख वनका हाकिम अमर शाहकाे फाेन उठेन । तर वन अधिकृत विवेक बृलवासेले पुलिसले बरामद गरेकाे पत्थर भएकोले वन विभागमा जानकारी  गराएकाे र विभागले आबश्यकीय कारवाहीका लागि पालिकामा पठाउन भनेकाे बताएका छन ।

उनका अनुसार विभागकाे पत्र आइसकेकाे छ अब केही दिनमा सम्बन्धित पाललिकामा कारवाहीकालागि सिफारिस गरिनेछ । त्यसवछि पालिकाले नै कानुनी  प्रकृीया अघि बढाउछ ।

तस्वीर : सामाजिक संजालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय