नेपालगन्ज : संस्थापक मुख्यमन्त्री शङ्कर पाेखरेलले एमाले पाटि अध्यक्ष समेत रहेका प्रधानमन्त्रि केपि शर्मा वलि र तत्कालीन अबस्थाका अर्का पाटि अध्यक्ष पुस्पकमल दाहाललाई समेत बिश्वासमा लिएर प्रदेश ५ काे राजधानी राप्ती उपत्यका र नाम लुम्बिनी नामाकरणा गरेका थिए ।
तर, उनकै उत्तराधिकारीकाे रूपमा रहेका लुम्बिनीको छैठौं मुख्यमन्त्री चेतनारायण आचार्यले निर्णय उल्टाएका छन । यसअघि भएका मुख्यमन्त्री कुलप्रसाद केसी,लिला गिरि, डिल्ली चाैधरी, जाेखबहादुर महराले संस्थापक मुख्यमन्त्रीकाे निर्णय अनुसार नै काम गरेका थिए ।
मुख्यमन्त्री आचार्यले विभिन्न सन्चार माध्यमलाई दिएकाे प्रतिक्रीयामा भनेका छन संस्थापक मुख्यमन्त्री पाेखरेलकाे निवास रहेकाे भवन वुटवलमा आफ्नाे सचिवालय सहितकाे सम्पर्क कार्लय स्थापना गरिएको छ,र हप्तामा तीन दिन शुक्रदेखि आइतवारसम्म साे कार्यालयबाट कामकाज गरिने छ ।
मुख्यमन्त्री आचार्य नेकपा एमालेकाे सङ्सदिय परम्परा लाई क्रमभंग गर्दै उपनेता रहेका व्यक्ति पाटि अध्यक्ष वली र महासचिव पाेखरेलकाे विशेष निर्देशनमा मुख्यमन्त्री बनेका हुन ।
लुम्बिनी प्रदेश नेकपा एमालेलेकाे दलकाे नेता लिला गिरि बहाल रहदै गर्दा आफु अब्बल र क्षमतावानकाे दाबी गरि अध्यक्ष, महासचिवलाई फकाएर आचार्य मुख्यमन्त्री बनेका थिए ।
यसर्थ एमाले भित्र मात्रै हाेइन राजनीतिमा महासचिव पाेखरेल र उपाध्यक्ष विष्णु पाैडेलबिचकाे मतमतान्तरलाई यिनै मुख्यमन्त्री आचार्यकाे नियुक्ति मार्फत छताछुल्ल भएकाे छ ।
बुटवल मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि ०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो ।
प्रदेश राजधानी दाङको देउखुरी उपत्यका सरेपछि उक्त निवासलाई सम्पर्क कार्यालय बनाइएको थियो ।बुटवलमा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका निर्देशनालय सहित अन्य धेरै सरकारी कार्यालय पनि बुटवलमै रहेकाले सम्पर्क कार्यालय आवश्यक भएको मुख्यमन्त्री आचार्यले बताए ।






