नेपालगन्ज : लुम्बिनी सरकार यतिबेला परिवर्तनको संघारमा देखिएको छ । काङ्ग्रेस मन्त्रीले राजिनामा दिएसँगै सरकार निर्माणमा दलहरू लागिरहेका छन ।
यश प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने भनिएपछि अहिले यही दलभित्र किचलाे र रडाकाे मच्चिन थालेकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर भुमिश्वर ढकाललाई बनाउने रणनीतिमा छन ।
तर, महासचिव शंकर पाेखरेल भने अहिलेकै मुख्यमन्त्री आचार्यकाे पक्षमा देखिएको एमाले लुम्बिनी कमिटीका एक पदाधिकारी बताउँछन् ।
नाम नलेख्ने शर्तमा ती पदाधिकारीले भने ” मुख्यमन्त्रीका लागि रडकाे छ अध्यक्ष ओली र महासचिव पाेखर्ल बिच अहिले यही बिषयमा फेरि कलह शुरु भएको छ ।”
उनका अनुसार अहिलेका मुख्यमन्त्री असफल, असक्षम र विभेदकारी देखिएकाले अबकाे मुख्यमन्त्रीमा ढकाल नै उपयु रहेका छन । लुम्बिनी एमालेका अधिकाशं साँसद र कमिटी पदाधिकारी ढकालकाे पक्षमा छन ।
समाचार श्रोतका अनुसार लुम्बिनीमा शंकर पाेखरेल अहिले निरीह बन्नुकाे विकल्प छैन । बाँकेकै एक साँसदले भने ” पाेखरेलले ओलीसँग दुस्मनि साध्नु आफै सिध्धिनु हाे ।”
उनका अनुसार लुम्बिनी सरकारकाे मुख्यमन्त्रीमा पात्र जाे भए पनि लडाइँ ओली भर्सेस पाेखरल नै हुने हाे । यसमा पाेखरेल कमजाेर देखिन्छन ।






