नेपालगन्ज : भेरी अस्पताल पश्चिम नेपालकै रिफरल सेन्टर मात्रै हाेइन नागरिक स्वास्थ्यकाे मन्दिरका रूपमा रहेकाे छ ।
यहाँ बाँके, बर्दियाका नागरिक मात्रै नभई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम नेपालका लाखौं नागरिक स्वास्थ्य उपचनरका लागि आउने गरेका छन । मृगौला लगायत दीर्घराेगका विरामीका लागि त याे अस्पताल मन्दिर सरह पुजनिय बनिरहेकाे छ ।
संघीय अस्पतालका रूपमा रहेकाे भेरीले स्वास्थ्य सेवा प्रवाहसँगै पुर्वाधार प्रविधि विकासमा पनि उत्तिको फड्काे मारिरहेकाे देखिन्छ । तर, यसकाे समृद्धिका लागि लुम्बिनी प्रदेश र स्थानीय सरकारका तर्फबाट उचित सहयाेग हुन सकेकाे छैन ।
संघीय सरकारकाे पहल र संघीय बजेटमा अहिले भेरीले भाैतिक पुर्वाधार चिटिक्क पारेकाे मात्रै छैन विभिन्न युनिटमा आबश्यक पर्ने स्वास्थ उवकरणकाे समेत गतिलो जाेहाे गरेर नागरिकलाई प्रभावकारी सेवा प्रवनह गरिरहेकाे छ ।
अस्पतालले हरेक बर्ष स्थापना दिवस मनाउछ । जहाँ प्रदेशका मन्त्री देखि साँसदसम्म सहभागी हुन्छन । तर, शुभकामना मन्तव्यमा चर्का स्वरमा ठुला गफ दिएपनि अस्पतालकाे विकास, उपकरण र अन्य व्यवस्थापनमा प्रदेशकाे सहयाेग शून्य तहमा रहदै आएकाे छ ।
अहिले बाँकेका रत्न खत्री लुम्बिनी प्रदेेशकाा मन्त्री छन । लुम्बिनी सरकारले केही साताअघि मात्रै बजेट ल्याएकाे छ तर उनै मन्त्री खत्रीले भेरी अस्पतालका लागि बजेट विनियोजनमा चरम कन्जुस्याइँ गरेकाे देखिएको छ। तर उनले यही बार्षिकत्सवमा लाज पचाएर जाेडबलका साथ गफिदै सहयाेगकाेे हुङ्कार द्रखाएका छन ।
भेरीकाे विकासमा यहाँका स्थानीय राजनीति दल र यसका नेताहरू समेत उदासीन देखिदै आएका छन । तर उनीहरू यस्ताे स्वीकार्न कहिल्यै तयार हुँदैनन् ।
पुर्वमन्त्री इस्तियाक राईकाे पहलले विगतकाे तुलनामा भेरीले पुर्वाधार निर्माणमा मुहार फेरेकाे हाे । यसकाे विकासमा नत डाक्टर धवल शम्सेरले केही गरे नत अन्य सघीय तथा प्रदेश साँसद यसमा कसैले पनि उचित भुमिका खेल्न सकेकाे देखिदैन ।
सात शय्याको सानो डिस्पेन्सरीबाट सुरु भएको भेरी अस्पताल यतिबेला पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी विशेषज्ञ अस्पतालका रूपमा स्थापित भएको छ ।
सरकारले २०६१ सालमै दुई सय शय्याको स्वीकृति दिए पनि आवश्यक बजेट, पूर्वाधार र जनशक्ति अभावका कारण त्यसअनुसार सेवा विस्तार हुन सकेन । अहिले अस्पताल तीन सय शय्याको क्षमतामा सञ्चालन भइरहेको छ ।
कुनैबेला सामान्य विशेषज्ञ सेवामा सीमित रहेको अस्पताल अहिले सुपरस्पेसियालिटी सेवासहितको स्वास्थ्य संस्थामा रूपान्तरण भइरहेको उनको भनाइ छ ।
अहिले अस्पतालमा क्याथल्याब, नेफ्रोलोजी, डायलाइसिस, मिर्गौला प्रत्यारोपण, स्पाइन सर्जरी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, जलन उपचार, सिकलसेल तथा थालेसिमिया सेवा, अत्याधुनिक अपरेशन थिएटर, आधुनिक प्रयोगशाला तथा अन्य विशिष्ट सेवा सञ्चालनमा छन् ।






