ट्रेण्डिङ

नेपालगन्ज :  बाँकेको खजुरा क्यान्सर अस्पतालले सम्पूर्ण डायग्नोसिस सेवा एउटै भवनबाट संचालनमा ल्याएको छ ।

उपचारका लागि अस्पताल आएका बिरामीहरुलाई फरक फरक स्थानमा बिभिन्न परिक्षण गर्न असहज भएको गुनासो आएपछि रोगको पहिचानका लागि गरिने सम्पूर्ण परिक्षणहरु एउटै भवनबाट संचालनमा ल्याएको हाे ।

अस्पतालमा डाक निरज भट्टराईले कमाण्ड सम्हालेसँगै खजरा अस्पतालले पुर्वाधार निर्माणसहित सेवा प्रवाहलाई चुस्त बनाइएको छ ।

डायग्नोसिस ल्याव, रेडियोलोजी तथा थेरापी सम्बन्धी सम्पूर्ण सेवा एउटै भवनबाट संचालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई बताउँछन् ।

रगत परिक्षण, सिटी स्क्यान, भिडियो एक्सरे, मेमो ग्राफी, थेरापी लगायतको सेवा लिन फरक फरक स्थानमा जानुपर्दा बिरामीहरुलाई असहज भएको देखिएपछि एउटै भवनबाट सेवा शुरु गरिएको छ ।

दुरदराजबाट आएका बिरामीहरुलाई परिक्षण गर्ने भवनहरु पत्ता लगाउनै गाह्रो परिरहेको अवस्थामा एउटै छानामुनी सबै सेवा प्राप्त भएपछि बिरामीहरुले राहत पाउने डा. भट्टराईकाे  अपेक्षा छ

बिरामीलाई परिक्षण गर्ने स्थान पत्ता लगाउन सजिलो बनाउन डायग्नोसिस भवनलाई निलो रङ्ग दिइएको छ । बिरामीहरुको सहजताका लागि एम्बुलेन्स र सुरक्षाका लागि रातो घर, बहिरङ्गसहित केमो, फर्मेसीका लागि पहेंलो भवन निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय