नेपालगन्ज : बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा सशस्त्र प्रहरीले सुरक्षा जाँच, अवैध सामान तथा हुण्डी नियन्त्रणजस्ता गतिविधि गर्दै आएको छ ।
नेपाल–भारत सीमामा हुने अवैध तस्करी, चोरीपैठारी र अवाञ्छित गतिविधि रोक्न सशस्त्र प्रहरीको टोली नियमित गस्ती तथा कडा चेकजाँचमा खटिएको हुन्छ।
सीमा क्षेत्र जमुनाहमा पछिल्लो समय शसस्त्र प्रहरीकाे सक्रियतासँगै लागू औषध र अबैध सामान नियन्त्रणमा “डग हा्याण्डल” काे समेत भुमिका उल्लेख्य देखिएको छ ।
साउन लागे यता शसस्त्रकाे सक्रियता बढेपछि यस नाकामा लाखौं मुल्यका लागू औषध मात्रै नभइ यस काराेवारमा संलग्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएका प्रहरीकाे अथक मेहनत, खटाइ र कमाण्डरहरुकाे निगरानीमा अहिले जमुनाह नाकामा अबैध माल ओसारपसार राेकिएकाे छ ।
गणकाे सुचनाअनुसार साउन नाै गते मात्रै दुई लाख ३० हजार बराबरकाे लागू औषध र केही व्यक्ति पक्राउ परेका छन । पक्राउ परेका सबैलाई कानुनी कारवाहीका लागि बाँके प्रहरीमा पठाइएको छ भने बरामद गरिएको सामान भन्सारकाे जिम्मा लगाइएको छ ।
सीमामा अबैध कार्य राेक्नुका साथै राज्यलाई राजश्व संकलनमा यहाँको शसस्त्र प्रहरीले यतिवेला ठसलाे याेगदान पु-याएकाे भन्सार कार्यालय जमुनाहका एक सरकारी अधिकारी बताउँछन् ।
भन्सारका अनुसार यस बर्ष शसस्त्रकाे पहलमा मात्रै ११ कराेड ७१ लाख ६३ हजार राजश्व भन्सारमा दाखिला भएको छ । जसमा काठ बरामद २२ लाख ४८ हजारमा नष्ट मूल्य ८५ लाख २३ हजार रहेकाे छ ।






