नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उधाेग बाणिज्य संघकाे निर्वाचन मपति ताेकिएसँगै अध्यक्ष पदका लागि उम्मेदवारकाे चर्चा चल्न थालेकाे छ ।
काङ्ग्रेस निकट व्यवसायीका तर्फबाट संजय थापा र समावेश प्यमनल भन्दै नेकपाबाट चिरञ्जीवी ओलीकाे नाम चर्चामा देखिएको छ ।
तर, नेकपा र एमालेबिचकाे गठबन्धनबाट समावेशी भनिएको प्यानलमा अहिलेसम्म एमाले र नेकपाबिच उवासंघ नेपालगन्जकाे निर्वाचनका लागि कुनै खाले सहमति र गठबन्धनकाे आधिकारिक कुरा नभएको बाँके एमाले बताउँछ ।
सिद्धपाइलासँगकाे कुराकानीमा बाँके एमालेका सचिव बलराम भट्टराई उधाेग बाणिज्य संघका लागि अहिले आधिकारिक सहमति वा तालमेल कसैसँग नभएको बताउँछन् ।
यस बिषयमा पार्टीमा कुनै छलफल र बहस भएको छैन अहिले समावेशअं प्यानल भनेर प्रचार गर्नु झुटकाे खेती हाे सचिव भट्टराईले भने “दलकाे बैठककै नबसि निर्णय नै नभई कसरी समावेश प्यानल हुन्छ ।” उनले थपे ” चिरनओेली अर्थात नेकपासँगकाे एमालेकाे तालमेल वा सहमति भन्नू अहिले गलत हाे ।”
उता नेकपाका बाँकेका एक जिम्मेवार नेताले नाम नछाप्ने शर्तमा भने ” अहिले कुनै दलसँग सहमति भएको छैन सामान्य कुरा पनि चलेकाे छैन ओली जिले आफुखुशी समावेशी प्यानल भनी प्रचार गरेकाे देखिएको छ ।”
सहमति भए त आधिकारिक रुपमै सहमति गर्ने दलहरूले पत्रकार सम्मेल गरेर भनी हाल्छन नि उनले भने ” अहिले नै सहमति वा प्यानलकाे कुरा गर्नु बेकार हाे ।”
यहाँका व्यवसायीफ नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायतकाे बहस अनुसार थापा अत्यन्तै बलिया देखिएका छन ।
कतिपयले थापासँग ओलीकाे उम्मेदवारी नसुहाएकाे टिप्पणी पनि गरिरहेका छन ।






