ट्रेण्डिङ

नेपालगन्ज : लागूऔषध बरामद गर्दा प्रहरीले पत्रकारलाई साक्षीकारूपमा बोलाउने गरेको छ । तर, नष्ट गर्दा अहिलेसम्म पत्रकारलाई साक्षी राखेको रेकर्ड छैन । यसैले पनि बरमद गरिएको लागूऔषधको कारोबारमा प्रहरी संलग्ता रहेको प्रष्ट हुँदै आएको छ ।

हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा लागूऔषध नष्ट गर्न समिति नै गठन गरिएको हुन्छ । बाँकेमा पनि उक्त समितिलाई हालसम्म लागूऔषध प्रहरीले नष्ट गरे नगरेको कुनै जानकारी छैन ।

कानून अनुसार कुनै पनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पुर्याएर नष्ट गर्नुपर्छ । तर, वार्षिकरुपमा ठूलो परिणाममा लागुऔषध बरामद् भए पनि अहिलेसम्म नष्ट गर्ने काममा पारदर्शिता देखिएको छैन ।

बरामद सबै लागुऔषध कानूनी प्रक्रिया पूरा गरेर अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, कानून व्यवसायी पत्रकार र प्रहरी लगायत सबैको रोहबरमा नष्ट गर्नुपर्छ । यद्यपी बाँकेमा यस्तो समिति कागजमै सिमित छ ।

बाँकेमा पनि  प्रहरीले लागुऔषधको सेवन तथा कारोबार गर्ने विभिन्न व्यक्तिहरूबाट प्रयाः हरेक दिन लागुऔषध बरामद गर्दै आइरहेको छ।

अवैध रूपमा कारोबार हुने चरेस, अफिम, कोरेक्स, डाइलेक्स, ट्याबलेट, हेरोइन, एम्पुल, एमफेटामाइनलगायत लागुऔषध कहाँ लगिन्छ ? धेरैलाई लाग्छ प्रहरीले नै नष्ट गर्छ वा कार्यालयमा राख्छ। अझ केहीले त प्रहरीले नै प्रयोग गर्ने गरेको आरोप लगाउने गरेको छ। यसकाे स्पष्टीकरण भने प्र कहिल्यै  दिने काेशिस गर्दैन ।

विभिन्न समयमा फेला परेको लागुऔषध नस्ट गर्ने तरिका भने फरक छ। प्रहरी एक्लैले बरामद भएको लागुऔषध नस्ट गर्दैन। त्यसो गर्न पनि पाउँदैन। अनुसन्धान अधिकारी र अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधिको रोहवरमा नस्ट गर्नेगरिन्छ। तर, यश बखत बरामद गरेकाे बेला झै पत्रकार साक्षी किन राखिदैन ? याे भने गम्भीर प्रश्न हाे ।

नस्ट गर्नुपूर्व मुचुल्का उठाउनुपर्छ। लागुऔषध ऐन २०३३ अनुसार अनुसन्धानको शिलाशिलामा बरामद गरिएको लागुऔषध १५ दिनभित्र नस्ट गर्नुपर्छ। तर यसरी नष्ट गरिएको सुचना किन गाेप्य राखिन्छ ? याे अर्को  जिज्ञासा हाे ।

नस्ट गर्दा अनुसन्धान अधिकारी, सम्बन्धित अदालतको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, स्थानीय तहको प्रतिनिधिलगायतको सहभागिता हुनैपर्ने कानुनी व्यवस्था रहेको छ। तर, बरामद गर्दा यी काेही  पनि अधिकार  सहभागी  देखिदैनन ।

लागुऔषध प्रयोग बढ्दै गएकाले बर्सेनि बरामद हुने लागुऔषधको परिमाण र पक्राउ पर्नेको संख्या बढ्दै गएको  प्रहरी अधिकारी नै  बताउँछन्।

भारत हुँदै नेपालगन्ज नाका भएर नेपालका विभिन्न शहरहरुमा लागुऔषध तस्करी हुने गरेको तथ्य प्रष्ट हुन्छ । प्रहरीको कमजोर सक्रियताकै कारण पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मात्रै नभएर वयस्कहरु पनि लागूऔषधको दलदलमा फसिरहेका छन् ।

बाँकेमा पाँच हजारभन्दा बढी लागुऔषध दुर्व्यसनीहरु रहेको अनुमान छ । यो तथ्यांकले हरेक बर्ष बाँकेमा लागुऔषधका मुद्दा बढ्दै गएका छन् ।

यसले बरामद भएको लागुऔषध प्रहरीबाटै पुनः प्रयोगकर्तासम्म पुग्ने गरेको आम नागरिकको आशंका छ । ‘बरामद्को प्रमाण सार्वजनिक हुन्छ । तर नष्ट गर्न थुप्रै निकायहरु संलग्न हुने भएकाले सार्वजनिक नगरेर प्रहरीबाटै विक्री वितरण भएको हुनसक्ने एक सर्वसाधारणले बताए । उनले भने, ‘बरामद गर्दा सार्वजनीक गर्ने प्रहरीले नष्ट गरेको कुनै प्रमाण देखाउन नसक्नुले प्रहरीबाटै पुनः प्रयोगकर्तासम्म पुगेको हुनुपर्छ ।’

उनले प्रश्न गर्दै थपे, ‘नत्र नष्ट गर्ने समयमा सार्वजनिक गर्न प्रहरीलाई कसले रोक्यो ?’ सामान्य हिसाबमा हेर्ने हो भने पनि बरामद गर्दा लागुऔषध सार्वजनिक गर्न हुने तर नष्ट गर्दा सार्वजनिक गर्न नहुने भन्ने छैन ।

पारदर्शीताका साथ नष्ट गर्दा बरामद् लागुऔषधको विषयमा कसैले प्रश्न उठाउन सक्दैनन् । कानूनी प्रक्रिया पूरा गरेपछि बरामद लागुऔषध नष्ट गरिन्छ यसमा दुईमत छैन तर पारदर्शी भएर गर्नु उपयुक्त विधि हो ।

‘अहिलेसम्म जुन प्रक्रियामा नष्ट भए पनि अबदेखि पारदर्शीता देखाउँदा राम्रै हुन्छ,’ बाँके प्रहरीका एक अधिकारीले भने । प्रहरीले बरामद गरेको लागुऔषध सीमित व्यक्तिहरुको रोहबरमा नष्ट गरिने भनिए पनि कति परिमाणमा नष्ट गरियो ? कुन कुन लागुऔषध नष्ट गरियो ? बरामद भएको अनुपातमा नष्ट गरियो कि गरिएन ? यस विषयमा प्रहरीले कुनै प्रमाण दिन नसक्नुले पारदर्शितामा प्रश्न उठाउने प्रशस्त ठाउँ देखिन्छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय