ट्रेण्डिङ

नेपालगन्ज : नेपाल – भारत सीमा क्षेत्र जमुनाहमा जनपथ उदासीन र चुपचाप तथा निस्क्रिय रहँदा सशस्त्र प्रहरीले सुरक्षा चेकजाँच र तस्करी/ अबैध सामान नियन्त्रणमा सक्रियता देखाएको छ ।

विगतमा भारतकाे रुपैडियाबाट उपभाेग्य सामान खरिद गरि ल्याउँदा हुने चेकजाँचका नाममा जनपथ पुलिसले रकम असुल्ने प्रचलन रहेको थियाे । तर, अहिले सशस्त्रले विगतकाे असुली राेकिदिएपछि सीमामा रहेका जनपथले सुरक्षा जाँचमा समेत उदासीनता देखाउने गरेका छन ।

जसका कारण सीमा सुरक्षा हाेस वा तस्करी राेकथाममा पछि समय बाँकेमा रहेकाे जनपथ पुलिसकाे भुमिका शून्य देखिने स्थानीय नै बताउँछन् ।

चाैलिक्कादेखि जमुनाहसम्म जयसपुर र जमुनाहमा दुई ठाउँमा जनपथ पुलिसका कार्यालय वा युनिट नै छन । तर, सडकमा सुरक्षा जाँचमा उनीहरू विरलै देखिन्छन । कारण असुली खस्किदै जानू नै भएको नागरिकले अनुमान गरेका छन ।

सशस्त्रले सादा पाेशाखमा समेत कर्मचारी खटाउदा जनपथ पुलिसले डियुटीमा समेत आबश्यकता अनुसार मान्छे पठाउन नसकेकाे जनपथ पुलिस अधिकृतहरू नै बताउँछन् ।

उत्कृष्ट एसपी मानिएका अङ्गुर जिसीकाे क्षेत्र सीमा नाकामा त जनपथकाे याे अबस्था छ एक सचेत नागरिकले भने ” साईगाउ, हिरमिनिया, नरैनापुर, कम्दी लगायतका खुल्ला नाकामा के हालत हाेला ? ” उनले प्रश्न गरे यसमा जनपथका हाकिमकाे कहिले जाने ध्यान ?

यसले पनि पछिल्लो समय सीमा नाकामा सरकारकाे निर्देशन कडाइका साथ लागू भएको र यहाँ सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी गण र यसका कमाण्डरहरुकाे निगरानी तथा सशस्त्रका जवानदेखि कमाण्डरसम्मकाे सक्रियता उल्लेख्य रहेकाे स्थानीय जमुनाहबासी कैलाश यादव नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय