ट्रेण्डिङ

नेपालगन्ज : बाँके नेपालगन्जमा रहेकाे हेल्थ केयर लगायतका मेडिकलमा समेत  साप्ताहिक  क्लिनिक चलाउँदै आएकी  वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्मा  डिम्रब तस्करी घटनामा मुच्छिएकी छन ।

यश घटनामा पक्राउ परेकी युवती राधिका गोतामे र डाक्टर  शर्बीमा बिच आर्थिक कारोबार भेटिएपछि उनी घटनामा मुच्छिएकी हुन ।

ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफमा कार्यरत डा. शर्माले १७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी युवती राधिका गोतामेसँग आर्थिक कारोबार गरेको भेटिएको हो ।

जावलाखेलस्थित प्रहरी हिरासतमा रहेकी गोतामेको मोबाइलमा डा. शर्माले पठाएको रकमको स्क्रिनसट फेला परेको छ ।गत २१ डिसेम्बर २०२५ मा डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ ।

यसको भोलिपल्ट पनि शर्माले गोतामेलाई ५० हजार रुपैयाँ पठाएको देखिन्छ । दुवै रकम मोबाइल बैंकिङ मार्फत डा. शर्माले तामेलाई पठाएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणमा पनि डा. शर्माले गोतामलेलाई ५० हजार पठाएकी थिइन् । तर पीडित युवतीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्रै दिएकी थिइन् ।

आर्थिक प्रलोभन देखाएर किशोरीको डिम्ब झिक्ने प्रकरणमा डा. शर्माको प्रत्यक्ष संलग्नता रहेको भन्दै पीडित १७ वर्षीया किशोरीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी नै दिएकी छिन् ।

तर शर्मा भने अहिलेसम्म पक्राउ परेकी छैनन् । प्रहरी स्रोतका अनुसार उनी अहिले फिलिपिन्स पुगेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय