ट्रेण्डिङ

नेपालगन्ज : शहरमा यतिबेला उधाेग बाणिज्य संघ नेपालगन्जकाे चुनाजी चर्चा चल्न थालेकाे छ । संघ आगामी भदौ १ गतेका लागि चुनावी समय ताेकेकाे छ ।

जसका लागि संजय थापा र चिरञ्जीवी ओलीबिच अध्यक्षका लागि प्रतिस्पर्धा हुने हल्ला सामाजिक संजाल मार्फत सार्वजनिक भैरहेकाे छ ।

संजय थापा प्रजातान्त्रीक समुहबाट उम्मेदवार बन्ने पक्का भैसकेकाे छ । तर, समावेशी समुहबाट चिरञ्जीवी उम्मेदवार भनिएपनि एमालेले अहिले समावेशी समूह बनी नसकेकाेले उम्मेदवारकाे टुङ्गाे नभएको बताएको छ ।

यद्यपि चिरञ्जीवी अहिले अध्यक्ष हुने दाउपेजमा लागेका छन । उनले यसका लागि जेपनि सहमति गर्न तयार रहेकाे देखिन्छ । यसअघि  माओवादीबाट बरिस्ठ उपाध्यक्ष भएका चिरञ्जीवी ओलीले अहिले  बाँकेमा माओवादीकाे सदस्यता नविकरण गरेका छन नत अन्यनै गएका छन ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकाे आडमा स्वतन्त्र हुँ भन्दै प्रचारमा हाेटल/ रेष्टुरेन्ट धाइरहेका छन । तर, उनका अघिपछि माओवादी निकट कार्यकर्ता मात्रै देखिन्छन ।

एक माओवादी नेताका अनुसार विगतमा माओवादी तर्फबाट उम्मेदवार भएका चिरञ्जीवीले अहिले सदस्षता नविकरण गरेका छैनन यसैले उनला अहिले नै समावेशी वा माओवादी निकट उम्मेदवार भन्न मिल्दैन ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका बाँके अध्यक्ष विवेक श्रेष्ठ चिरञ्जीवी अहिले पार्टीमा सदस्य नभएको बताउँछन् ।

सिद्धपाइलासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने “अहिले रास्वापामा कुनै भातृ संगठन छैन त्यसैले उवासंघमा रास्वपाकाे तर्फबाट उम्मेदवार पनि हुँदैन । यदी बजारमा चिरञ्जीवी रास्वपा निकट उम्मेदवार भनिएको भए त्याे गलत हाे ।”

अहिलेकाे समयमा चिरञ्जीवी भन्दा संजय थापा सशक्त, बलिया र व्यवसायी उम्मेदवारका रूपमा देखिएका छन ।

चुनावकाे परिणाम संजयकाे पाेल्टामा पर्ने निश्चित भएपछि अहिले चिरञ्जीवी आफू कुन दल निकटकाे उम्मेदवार हुने दाेधारमा देखिन्छन् ।

रास्वापाले स्वीकार्दैन माओवादी हुँदा कमजाेर हुने पक्का भएपछि अहिले उनी स्वतन्त्र शब्दमा खेलिरहेको देखिएको छ। स्वतन्त्र शब्द भजाएपनि अघिवछि देखिने अनुहारले चिरञ्जीवी माओवादीकै छत्रछायामा रहेकाे आँकलन गर्न सकिन्छ ।

एक व्यवसायीका अनुसार अध्यक्ष हुनकै लागि दाेधारे प्रवृति देखाउनु भन्दा खुलेर आउन सक्नुपर्छ । उनले थपे ” तर चिरञ्जीवीले खुलेर आउने आँट गरेकाे देखिदैन ।” यसले पनि संजयकाे माहाेल बलियाे देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय