ट्रेण्डिङ

नेपालगन्ज :   लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ प्राादेशिक अस्पताल निर्माणको गति सन्तोषजनक रहे पनि निर्माण कम्पनीलाई भुक्तानी गर्न बजेट अभाव देखिएको छ ।

चालु आर्थिक वर्ष (२०८२/०८३) मा भवन निर्माणका लागि विनियोजन गरिएको बजेटको ठुलो हिस्सा अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएपछि गत भदौदेखि निर्माण कम्पनीले उधारोमै काम गरिरहेको छ ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलका अनुसार हालसम्म निर्माण कम्पनीले पेस गरेको करिब ८३ करोड रुपैयाँ बराबरको बिल भुक्तानी हुन सकेको छैन ।

‘यो आर्थिक वर्षमा एक अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो, तर करिब दुई अर्ब रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको पोखरेल बताउँछन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएको थियो । त्यसमध्ये ८ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षको बक्यौता भुक्तानीमा खर्च भएको थियो । बाँकी १५ करोड रुपैयाँले लामो समयसम्मको निर्माण खर्च धान्न नसकेको पोखरेल बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय