नेपालगन्ज : बाँकेकाे नेपालगञ्जमा दशभरकै सबैभन्दा अग्लो १०८ फिटको हनुमानकाे मुर्ति बनाएर चर्चा कमाएका यहाँका मेयर प्रशान्त विष्टले फेरि एकै पटक ६ वटा सालिक अनावरण गरेर नागरिकको मन जितेका छन ।
मेयर विष्टकाे सक्रियतामा केही समयअघि ठड्याइएका ती सालिककाे यतिबेला अनावरण गरिएको हाे । राजा विरेन्द्रदेखि पुष्पलाल, गणेशमान, विपि, सुशील र सेतु विककाे सालिक अनावरण गरिरहँदा मुलुक प्राप्तीका नायक नङ्गबहादुरलाई भने अझै उपेक्षा गरिएको देखिएको छ ।
कुन राजनीति रङ्ग नदेखाएर गरिएको याे अनावरणले महत्व पाएसँगै अब जङ्गबहनदुरकाे सालिक निर्माणमा पनि सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ ।
वि.सं. १९१५ (सन् १८५७) को सिपाही विद्रोह वा लखनउको विप्लव दबाउन जङ्गबहादुरले नै अङ्ग्रेज सरकारलाई सैन्य सहयोग गरेका थिए ।
उक्त सहयोगबाट खुसी भएर अङ्ग्रेजले वि.सं. १९१७ (सन् १८६०) मा जङ्गबहादुरलाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला नेपाललाई फिर्ता दिएको थियो, जसलाई नयाँ मुलुक पनि भनिदै आइएकाे छ ।
तराईको त्यो जङ्गली तथा सामरिक क्षेत्रमा सहर बसाएर व्यापारिक केन्द्र बनाउन जङ्गबहादुरले नै नेपालगन्ज सहरको रूपरेखा तयार गरेका थिए।
यसैले पनि नेपालगन्जमा जङ्गबहादुरकाे सादिक निर्माण र अनावरण आबश्यक रहेकाे जानकार बताउँछन् । मेयर विष्टले गरेकाे काम एतिहासिक र सफल भएको बाँकेका युवा नेता पाेषण क्सी बताउँछन् ।






