ट्रेण्डिङ
 नेपालगन्ज :  बाँकेको खजुरामा रहेको विमानस्थल नेपालको हवाई उड्डयनको इतिहासमा जोडिएको एक पुरानो विमानस्थल हो । अहिले उक्त  विमानस्थल घाम्हसे मैदानमा परिणत मात्रै  भएको छैन अलपत्र जस्तै छ  ।
राजा महेन्द्रद्वारा वि.सं. २०२२ (सन् १९६५/६६) मा सीमा रक्षा र बसोबासका लागि खजुरा क्षेत्रमा बस्ती बसाइएको थियो । त्यही समयमा हवाई सेवा सञ्चालन गर्न खजुरामा विमानस्थल बनाइएको थियो ।
त्यतिबेला खजुरा विमानस्थल जानका लागि नेपालगन्जबाट टाँगा (घोडागाडी) चढ्नुपर्ने हुन्थ्यो, जुन स्थानीय संस्कृतिको एक अभिन्न अंग बनेको थियो ।
पछि सडक सञ्जालको विकास र बस्ती विस्तार हुँदै गएपछि खजुरामा रहेको उक्त विमानस्थललाई बाँकेको राँझामा सारिएकाे जानकार बताउँछन् ।
त्यही नै पछि आधुनिक नेपालगन्ज विमानस्थलका रूपमा विकसित भएकाे हाे  ।  यतिवेला  खजुराको त्यो विमानस्थल रहेको क्षेत्रमा बस्ती र अन्य भौतिक संरचनाहरू विस्तार भइसकेका छन् ।

जुन विमानस्थलसँग महेन्द्र  राजासँगै विपि काेइरालाकाे पनि याेगदान र इतिहास जाेडिन्छ ।  बी.पी. कोइराला सवार विमान बाँकेको खजुरा क्षेत्रमा दुर्घटनामा परेको भन्ने विवरण इतिहासमा उल्लेख छ ।

बी.पी. कोइराला नेपालगञ्ज–खजुरा क्षेत्रमा हवाई यात्रामा आएको समय अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको भन्ने लेख कता कतन भेटिन्छन् । दुर्घटनाबाट विमानमा क्षति पुगे पनि बी.पी. कोइराला सकुशल बचेका थिए।

त्यस घटनापछि खजुरा हवाई पट्टीको सुरक्षा र सञ्चालनबारे पनि चर्चा भएको थियो।तर, दुर्घटनाको मिति, विमानको प्रकार, यात्रु सूची तथा आधिकारिक दुर्घटना प्रतिवेदन सार्वजनिक रूपमा धेरै स्पष्ट रूपमा उपलब्ध छैन। त्यसैले यस घटनाबारे विभिन्न विवरणहरूमा केही फरक–फरक वर्णन गरििने स्थानीय युवा सतिश निराैला बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय