नेपालगन्ज : बाँकेकाे जानकी गाउँपालिकाले तालिम, गाेष्ठी र सेमिनार जस्ता शिर्षकका कार्यक्रममा लाखौंको फजुल खर्च गरि त्यसकाे हरहिसाब गाेलमाेल गरेकाे देखिएको छ ।
असार मसान्तकाे शुरुआतमै पालिकाहरुलृ यस्ता अपारदकाम गर्न थालिसकेकाे यसले पनि स्पष्ट पारेकाे छ । बर्षभरी काम नगर्ने र अन्तिममा काम देखाउन यसरी मनपरी , अपारदर्शी कार्यक्रमका नाममा लाखौं बजेटकाे दुरुपयोग भने विगतदेखि हुँदै आएकाे छ ।
बेरोजगार महिलाको नाममा तालिम, होटलको बिलमा लाखौं रकम खर्च देखाए, पालिकाले सरकारी बजेट दुरुपयोग गरेकाे स्थानीय बताउँछन् । यसरी गरिएको खर्चमा उपलब्धि भने केही देखिएको छैन ।
पालिकाले यसरी अपारदर्शी खर्च र हिसाबमा गाेलमाेल गरेकाे भन्दै स्थानीयले अहिले खर्च र जानकी गाउँपालिकाको कार्यक्रममाथि प्रश्न उठाउदै आएका छन ।
महिला सशक्तीकरण, सीप विकास तथा रोजगारी सिर्जनाको उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको खर्च विवरण सार्वजनिक भएपछि कार्यक्रमको प्रभावकारिता, पारदर्शिता तथा बजेट उपयोगितामाथि चासो बढेको हो।
स्थानीयवासी तथा सरोकारवाला कार्यक्रमका लागि गरिएको होटल खर्च कानुन, कार्यविधि तथा सार्वजनिक खरिदसम्बन्धी प्रचलित व्यवस्थाअनुसार भएको बताउँछन् ।
सार्वजनिक रकम खर्च गर्दा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिताको सिद्धान्त पालना हुनुपर्ने भएकाले सम्बन्धित निकायले खर्च विवरण सार्वजनिक गरी आवश्यक स्पष्टीकरण दिनुपर्ने स्थानीय केही युवाकाे माग छ।
यदि कार्यक्रम वास्तविक रूपमा बेरोजगार महिलाको क्षमता विकास र रोजगारी प्रवर्द्धनमा केन्द्रित थियो भने त्यसको उपलब्धि, सहभागी संख्या, तालिमको नतिजा तथा खर्चको औचित्यसमेत सार्वजनिक हुनुपर्ने स्थानीयहरूको भनाइ छ।
श्रोतका अनुसार पालिकाले उक्त शिर्षकाे तालिम गत चैत १ गतेदेखि २०८३ बैशाख १५ गतेसम्म नेपालगन्जकाे एक कटेलमा चलाएका भनिएको कटेलकाे खर्च बिल सार्वजनिक भएको छ । जुन समयमा तालिकका लागि भनेर पालिकाकाे २ लाख ८४ हवार ७ सय ६० रुपैया खर्च देखिएको छ ।
जुन खर्च बाँकेकाे वा जानकी गाउँपालिका अन्तर्गतकाे नभई कपिलबस्तु ठेगाना भएको सामाजिक संस्था कपिलबस्तलाई दिइएको बिलमा देखिन्छ ।
जानकीमै र बाँकेमा यस्ता संस्था हुँदाहुँदै कपिलबस्तुलाई तालिककाे जिम्मा दिनुले पनि पालिका जनप्रतिनिधि र कर्मचारीकाे गतिलाे मिलेमतो आँकलन गरिएको छ ।
यस बिषयमा जमनकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसँग बुझ्न खाेज्दा उनकाे माेबाइल स्वीचअफ थियाे । अध्यक्ष छब्बन खाँकाे पनि फाेनमा सम्पर्क हुन सकेन ।






