नेपालगन्ज : बाँकेमा रहेका स्थायी/ अस्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा देखिएका छन । बजेट अभावका कारण ती जीर्ण प्रहरी चौकीहरूको पुनर्निर्माण गर्न नसकिएको पुलिस श्रोत नै बताउँछन् ।
एसपी अङ्गुर जिसी आएपछि बाँके पुलिसकाे मुहार फेरेकाे भन्दै कार्य सम्पादनकाे उत्कष्ट स्थान पाएपनि यहाँका आफ्नै कर्मचारी बस्ने भवनकाे वेहाल छ । यसमा एसपी जिसी असफल देखिएका छन ।
स्थानीय तहको समन्वयमा समेत चौकीहरू निर्माण गर्न एसपी जिसीकाृ कुनै भुमिका देखिदैन । सीमावर्ती र संवेदनशील क्षेत्रका भवनहरू अत्यन्तै जोखिममा छन्। अस्थायी प्रहरी चौकीहरूको अवस्था झनै भयावह छ जसको यकिन तथ्यांक समेत छैन।
प्रधान कार्यालयले पटक-पटक माग गरे पनि पर्याप्त बजेट अभावका कारण पुनर्निर्माण कार्य अघि बढ्न नसकेको प्रहरी मुख्यालय बताउँछ । कतिपय स्थानमा ठेकेदार र सरकारी निकायबिचको विवाद वा बजेट अभावले भवन निर्माणका काम वर्षौंदेखि अलपत्र परेका छन्।






