ट्रेण्डिङ

नेपालगन्ज : बाँके प्रतिनिधि सभा सदस्य  इस्तियाक राईकाे सक्रियतामा डुडुवा गाउँपालपकामा मात्रै  आधा दर्जन पसल याेजना निर्माण भैसकेका छन । बाँकेका अन्य पालिकामा पनि दर्जन जति विकाका काम भएको देखिन्छ ।

तर, यहाँ अन्य साँसदका निर्वाचन क्षेत्रमा साँसदकै उदासीनताले दर्जन बढी याृजना अलपत्र  छन । यद्यपि  आफुलाई विकास प्रेेमी र युवा ठान्ने साँसद तथा मन्त्री रत्न खत्रीकै निर्वाचन क्षेत्रमा उनकै थुप्रै याेजना विगतदेखि अलपत्र  देखिएका छ ।

यसले उनी लगायत यहाँ संघीय र प्रदस साँसद विकास निर्माण र समृद्धिमा नभई पद लाेभमुख भएर कमाउधन्दामा लागेकाे स्पष्ट भैसकेकाे छ ।

उदाहरणका लागि मन्त्री  रत्न खत्रीकाे निर्वाचन क्षेत्र मा रहेकाे  मध्ये  बनकटुवा चोक जोडने पेडारी नालाको पुल र यहीँकाे
१५ सैयाको न्यु सिटि को अस्पताल अहिले पनि अलपत्र  रहेकाे स्थानीय  बताउँछन् ।  यी त उदाहरण हुन यस्ता दर्जन याेजना यहाँ  उनकै उदासीनताले अलपत्र छन । यसतर्फ उनकाे ध्यान जान सकृकाे देखिदैन । अन्य निर्वाचन क्काे पनि हालत यस्तै छ ।

तर राइकाे निर्वाचन क्षेत्रमा अस्पताल, खानेपानी, सडक लगायतका पुर्वाधार बनिरहेका छन । डुडुवा ४ मौलिपुर्व लहिडियाहाट अमरहवा स्थित डुडुवा खोलामा पक्की पुल, डुडुवा खोलामा पुल, डुडुवा १ टेपरी गाउँ स्थित डुडुवा खोलामा पक्की पुल बनेका छन ।

डुडुवा २ नौरी जोड्ने गाउँ स्थित डुडुवा खोलामा पक्की पुल, डुडुवा ३ स्थित हलकारा पूर्वी स्थित डुडुवा खोलामा पक्की पुल,  मोहन दास बाबाकुटी–डुडुवा नदी पुल नपर्माण लगायतका याेजना पूरा भएको देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech