नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका भित्रका सडकमा रहेका सडक बत्ति रातीमा मात्रै नभई दिनमा पनि बलिरहेका देखिएका छन । तर, यी बत्ति दिनमा बन्द गर्न उपमहानगरपालिका नै उदासीन छ ।
सडकभरी दिउसै बति बलिरहेकाे देख्दा पनि मेयर लगायत वडासम्मका जनप्रतिनिधि र नगरका कर्मचारी आँखा बन्द गरिरहेका छन ।
बिहीवार विहान १२ बजेसम्म पनि यहाँको सुर्खेराेडकाा सडकमा बतति बलिरहेका थिए । यसलाई बन्द गर्न उपमहानगरपालिकामा फाेन गरेर भनणदा समेत उक्त समयसम्म उपमहानगरपालिकाले चासाे देखाएको थिएन ।
यसले राज्यकाे सम्पत्तिकाे चरम दुरुपयोग भएको प्रमाणित गरेकाे छ । मेयरकाे कमजोरीका कारण यसरी दिनमै पनि बिजुली दुरुपयोग भैरहेकाे स्थानीय बताउँछन् ।
सडक बत्ति बाले वनफतकाे करोडौंको बक्यौता तिर्न नसकेकाे उपमहानगरपालिकाले गरेकाे यस्ताे दुरुपयोग र लापरवाहीले राज्यकाे राजश्व असुलीमा समेत असर पुगेकाे आँकलन सहजै गर्न सकिन्छ ।
याे समस्या सुर्खेत राेडमा मात्रै नभएर उपमहानगरपालिकाका सबै वडामा देखिन्छ । यद्यपि वडाका जनप्रतिनिधि र कर्मचारीले समेत दिनमै बत्ति बलेकाे देखकाे नदेखे झै गर्ने गरेका छन ।






