नेपालगन्ज :भनिन्छ नि ‘रक्तदान जीवनदान’ । कति व्यक्ति रक्तदान गर्न एकदमै उत्साहित हुन्छन् । उनीहरु रक्तदान कार्यक्रममा पटकपटक सहभागिता जनाइरहेका हुन्छन्
तर कतिपय रक्तदान गर्नबाट डराउँछन् । रगत दियो भने कुनै रोगले च्याप्छ कि, बिरामी भइन्छ कि भनेर डराउँछन् । ती मध्येका एक हुन बाँकेका युवा ऋषिराज देवकाेटा ।
रक्तदान नै जीवनदान हाे भन्ने भावलाई हउदयगत गर्दै देवकाेटाले ३० औ पटक रक्तदान गरेका छन ।
राजनीतिसँग सामाजिक काममा उत्तिकै सक्रिय देवकाेटा राप्रपाका सशायक महामन्त्री समेत हुन । उनले यसअघि पनि यस्ता विभिन्न सामाजिक काम गर्दै आएका छन ।
रक्तदान गरेर बिरामी होइन, झन् शरीर फूर्तिलो भैईन्छ देवकाेटा भन्छन “एकपटकको रक्तदानबाट लगभग ६५० क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मद्दत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् ।”
रक्तदान गर्दा शरीरमा रगत बनाउने बोनम्यारो सक्रिय गराउने र शरीरमा ताजगी महसुस गराउँछ । यसको बेफाइदा केही हुँदैन उनी थप्छन ” रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । मुटुको रोगबाट टाढा राख्न मद्दत गर्छ ।”






