नेपालगन्ज : बाँकेका नरैनापुर र राप्ती साेनारीलाई नेपालगन्जसँग जाेडने राप्तीनदीमा निर्माण हुन लागेकाे पुलकै मिटरमा कमिशन चक्कर रहेकाे खुलेकाे छ ।
राप्ती नदीको सिधनिया घाटस्थित हुलाकी राजमार्गमा ११ सय ४० मिटर लामाे पुल निर्माणका लागि सिफारिस भएको काे थियाे ।
तर, अहिले त्यहाँ ७ सय मिटर लामाे मात्रै पुल निर्माणकाे काम भएको छ । सिफारिस अनुसार ४ सय ४० मिटर पुलकाे लम्बाइ घटाएर बजेट दुरुपयोगकाे प्रयास भएको स्थानीय बताउँछन् ।
यस क्षेत्रका निवर्तमान प्रदेश साँँसद समेत रहेकी पुर्वमन्त्री कृष्णा केसीले समेत आफ्नाे सामाजिक सन्जाल फेसबुकमा स्टार्टस लेख्दै यस्ताे खुलासा गरेकी छन ।
उनले लेखेकाे स्टार्टस अनुसार ११ सय ४० मिटर सिफारिसमा ७ सय मिट मात्रै बनाउन लागिएको भन्ने आशय उल्लेख छ । यदी यसाे हाे भने ततकाल सम्बन्धित निकायकाे यसतर्फ ध्यान जान जरुरी देखिन्छ । पुलकाे चाैडाई भने सिफारिस अनुसार नै ११ मिटर रहेकाे भनिएको छ ।
पुल निर्माणकाे जिम्मेवारी लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले लिएको भनिएको छ । तर, यसका प्रतिनिधीसँग यस बिषयमा बुझ्जन खाेज्दा सम्पर्क हुन सकेन ।
राप्ती नदीमा हरेक वर्ष आउने गरेको बाढीले पटक-पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि तत्कालीन भौतिक पूर्वाधार मन्त्री इस्तियाक राईले पुल बनाउने योजनासँगै बजेटको सुनिश्चितता गरेका थिए ।
२०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले यसअघि नै बताएका छन। भ्याटसहित एक अर्ब २० करोडमा पुल निर्माण हुने भनिएको छ ।






