ट्रेण्डिङ

नेपालगन्ज :विश्व बैंकले सहयोग गरेका कारण तटबन्ध निर्माणका लागि बजेटको समस्या छैन । राप्ती नदीमा प्रशस्तै ढुंगा छन् । तर, बाँकेकाे राप्तीसाेनारीस्थित कचनापुरमा निर्माण गर्न लागिएको राप्ती तटबन्ध अलपत्र परेकाे देखिएको छ ।

निर्माणकाे जिम्मेवारी लगेका जय विसीकाे निर्माण कम्पनीकाे ढिलासुस्ती, लापरवाहीले उक्त तटबन्ध निर्माणकाे काम राेकिएकाे स्थानीय बताउँछन् ।

करिब दुई किलाेमिटर तटबन्धका लागि एडिबीकाे कराेड बढीकाे लगानी छ । तर, ठेकृदारले नियमित काम गर्न चासाे नदिदा ताेकिएकाे समयमा तटबन्ध निर्माण हुनेमा स्थानीयले आशंका गरेका छन ।

उक्त तटबन्ध निर्माणका लागि ताेकिएकाे समय अब १ बर्ष बाँकी रहेपनि अहिलेसम्म ४० प्रतिशत पनि काम हुन नसकेकाे समाचार श्रोत बताउँछ ।

नत याेजनाकाे काम नियमित भएको छ नत ठेकेदार नै साईडमा आउछन एक स्थानीयले भने “ठेकेदारकै कारण कराेडकाे उक्त लगानी खेर जाने सम्भावना बढेकाे छ ।”

यद्यपि स्थानीयले पटक/ पटक सिडिओ अफिस र स्थानीय राजनिती दलका जनप्रतिनिधिलाई याेजना निर्माणमा पहल गर्न आग्रह गरेपनि अहिलेसम्म कसैले चासाे देखाएका छैनन ।

यसले जनप्रतिनिधिदेखि कर्मचारी र ठेकेदारकाे मिलेमतो रहेकाे भनिएको छ ।तर, निर्माणकाे जिम्मेवारी लगेका नारायणम् निर्माण सेवा निकट श्रोतले भने ठेकेदारकाे नभई ढुङ्गा अभावका कारण तटबन्ध निर्माणकाे काम राेकिएकाे बताएको छ । श्रोतका अनुसार विसीले अर्काे कम्पनीको नाममा काम लिएका छन ।

यद्यपि ढुङ्गाकाे व्यवस्थापन गर्ने जिम्मेवारी ठेकेदारकाे हुन्छ श्रोत भन्छ “खाेलाबाट ढुङ्गा ल्याउने वातावरण छैन कसरी काम गर्नु तनाव छ ।” यद्यपि निर्माण कम्पनीका जिम्मेवार व्यक्ति  विसीसँग यस बिषयमा बुझन खाेज्दा सम्पर्क हुन सकेन ।

राप्ती नदीले गर्ने कटान डुबान र पटानबाट नदी किनारामा बसोबास गर्ने हजारौं परिवार प्रभावित हुँदै आएका छन् । वर्षेनी करौडौंको धनमाल क्षति हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech