ट्रेण्डिङ

नेपालगन्ज : भारतीय राजदुतावासकाे आडमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणा पार्टीबाट अलगिने र नयाँ शक्ति गठनमा लागिपरेकाे खुलेकाे छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग महामन्त्री राणाले केही वर्षदेखि कार्यशैलीगत प्रश्न उठाउँदै आएका थिए। आफूले उठाएका प्रश्न अध्यक्ष लिङ्देनले बेवास्ता गरेको आरोप उनको छ ।

अध्यक्ष लिङ्देनसँगको टकरावकै कारण महामन्त्री राणाले पार्टी छाडेका छन्। उनले एक अपिल जारी गर्दै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेका छन्।

महामन्त्री राणा राप्रपाबाट बाहिरिएसँगै उनीनिकट धेरै नेताकार्यकर्ता पनि बाहिरिने सम्भावना बढेको छ। त्यसैले राप्रपा विभाजनको संघारमा उभिएको छ। यसले राप्रपा ११ पटक विभाजन हुनेछ ।

महामन्त्री राणाले आफूनिकट नेताकार्यकर्तासँग निरन्तर भेला तथा कुराकानी गरी नयाँ बाटो तय गर्ने निर्णय गरेकाे उनी निकट एक नेता बताउँछन् ।

महामन्त्री राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पटक पटक सच्याउन आग्रह गरेका थिए।

उनले पछिल्लो समय एक साताको समय दिएर महाधिवेशन मिति तोक्न भनेका थिए। तर अध्यक्ष लिङ्देनले कार्यसम्पादन समिति बैठक राखेर महामन्त्री राणासहितलाई महाधिवेशन मिति प्रस्ताव गर्ने जिम्मेवारी दिएका थिए।

महाधिवेशन मिति प्रस्ताव गर्ने जिम्मेवारीतर्फ महामन्त्री राणा लागेनन्, नयाँ अभियानमार्फत् बेग्लै पार्टी खोल्नतिर अग्रसर भएका छन् एक नेताले भने “महामन्त्री राणाले नयाँ बाटो तय गर्ने आह्वान गरेका छन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech