नेपालगन्ज : भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एच.आई.भी. फोकल पर्सन डा.संकेत कुमार रिसाल सम्मानित भएका छन ।
सेवा, समर्पण र पेशागत उत्कृष्टताको सम्मानस्वरूप उनलई राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सम्मानित गरेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीले एक कार्यक्रम बिच सम्मान गरेकाे भेरी अस्पताल बताउँछ । डाक्टर रिसाल विगत लामाे समयदेखि भेरी अस्पतालाई कर्मथलाे बनाएर नागरिकको सेवामा समर्पित छन ।






