ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज पश्चिम नेपालकै सबैकाे दृष्टि पुग्ने र चासाेले हेरिने निर्वाचन क्षेत्र हाे । विगतमा फत्तेसिह थारु, प्रेमबहादुर भण्डारीका नामले चर्चित बाँकेकाे याे क्षेत्र सुशील काेइरालाकाे गृह जिल्ला र क्षेत्र पनि हाे ।

राष्ट्रिय राजनीतिमा समेत प्रभाव पारेकाे नेपालगन्ज क्षेत्रमा यसअघि पनि धवल शम्सेर राणा र इस्तियाक राईले राष्ट्रिय स्तरमै चर्चा बटुलेका थिए ।

अहिले पनि संघीय निर्वाचन फागुन २१ मा हुँदै छ । जसका लागि सानादेखि ठुला दल उम्मेदवार छनाैटसँगै चुनावी नतिजा आफ्नाे पाेल्टामा पार्ने दाउमा लागिरहेका छन ।

विशेषत यस क्षेत्र काङ्ग्रेस, एमाले र जसपाकाे पकेटका रूपमा हेरिदै आएको छ । विगतमा काेइरालाकाे छापले अहिले पनि काङ्ग्रेस शक्तिमै देखिन्छ ।

जसपाका राई पुर्वमन्त्री भैसकेकाेले उनकाे आफ्नैखाले दबदबा छ । एमालेमा अहिले संघी साँसद लडनका लागि क्षमता, हैसियत र दम भएको काेही पनि नदेखिदा अन्ततः राई जसपासँग बाँके एमालेले आन्तरिक गठबन्धन गरेकाे स्पष्ट छ ।

एमालेका तर्फबाट नेपालगन्ज क्षेत्रदेखि सिफारिस भएका निरक गुरुङ लगायतका नेतालाई एमाले केन्द्रीय कमिटीले अयाेग्य ठहर गरि दिएकाे छ ।

जसकाे लट्री जसपाका राईलाई परेकाे देखिन्छ । अहिले एमाले/ जसपा गठबन्धनसँगै राईकाृ उम्मेदवारी छ । उनकाे प्रतिस्पर्धी अन्य दलमा नदेखिएको बेला काङ्ग्रेसका तर्फबाट बाँके काङ्ग्रेसका युवा नेता तथा पार्टी सचिव शुधान्सु काेइराला मैदानमा देखिएका छन ।

काेइराला काङ्ग्रेस भित्र अहिले सबै भन्दा लाेकप्रिय र शक्तिशाली मानिन्छन् । यद्यपि अहिलेकाे निर्वाचनमा राई र काेइरालाबिच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

उपाधी कसले हात पार्छ त्याे त मत परिणामले देखाउला अहिले दुई नेताबिच प्रतिस्पर्धा कडा हुने र दुबै लाई नतिजा हत्याउन फलामकाे चिउरा जस्तै हुने आँकलन गर्न सकिन्छ ।

यसमा काङ्ग्रेस र एमालेकाे असन्तुष्ट पक्ष सँगै साना दलका मत पनि केही हदसम्म निर्णायक हुनसक्छन । यसअघि काङ्ग्रेस उम्मेदवारकाे जमानत समेत ल्याप्से भएको थियाे भने एमालेका आडमा राप्रपाका राणाले बाजि मारेका थिए ।

अहिले रास्वपा र नेकपा पनि चुनावी मैदानमा हुँदा काङ्ग्रेस / एमालेकाे केही मत तितरर्वितर हुने पनि सम्भावना छ । आखिर परिणाम जे आएपनि अहिलेकाे चुनाउ बाँके २ मा राई भर्सेस काेइराला हुनेमा कुनै आशंका देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय