नेपालगन्ज : दैलेखी समाज बाँकेको आठौँ अधिवेशनबाट पुर्णदेव गिरी फेरि अध्यक्षमा चयन भएका छन । गिरीकाे अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको सचिव डिबी थापाले बता।
दैलेखबाट बाँकेमा बसाइँ सरेर वा कामकाजका शिलसिलामा आएका दैलेखीहरुकाे हकहित र दैलेखी संस्कार, सभ्यता संरक्षणका लागि गठित उक्त समाजले लामाे समयदेखि विभिन्न खाले रचनात्मक काम गर्दै आएको छ ।।
अधिवेशनमा दैलेखी सन्देश’को तेस्रो अङ्क विमोचन, समेत गरिएको छ । नेपालगन्जका मेयर प्रशान्त बिष्ट, सरकारका सहसचिव विपिन आचार्य लगायतले उक्त पुस्तककाे विमाेचन गरेका हुन ।






