नेपालगन्ज : यतिवेला मध्ये तराईकाे सुनसरी लगायत जिल्लामा दङ्गा मच्चिएकाे छ । केहीले ज्यान गुमाएका छन त केही घाइते छन । बन्दुककाे धक्कामा केही कर्मचारी र पुलिसलाई काठमाडौ तानिएको छ ।
दिनप्रतिदिन तराईमा आगाे बलिरहँदा बहुमतकाे वाल्न सरकार भने चुपचाप छ । राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारबिच यश घटनामा लय मिलेकाे देखिदैन ।
रास्वपाका सभापति रवि लामिछानेले घटनाको समाधानका लागि सर्वदलिय सर्वपक्षीय छलफल र बहस चलाए ।याे धेरै राम्रो काम भए पनि सरकारका प्रधानमन्त्री र गृहमन्त्री उदासीन हुने बपडम्वना हाे
सरकारले यस्तो परिस्थितिमा सबैलाई संयमित हुन आग्रह गरेको छ । अवस्था नियन्त्रणमा लिनका लागि प्रशासनले प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरेको छ ।
हटिया क्षेत्रमा दुई समुदाय पक्षधरबीच मेलाको विषयमा विवाद भएको थियो । एउटा समुदायले सोमबारका लागि शिव भजनकिर्तन राख्न भन्दै हटिया क्षेत्रमा ठूलो आवाजमा डिजे बजाएको थियो ।
डिजेले आफूहरूलाई डिस्टर्ब गरेको अर्को समुदायको आरोप थियो । चर्को आवाजमा डिजे बजाइएको विषयमा दुई पक्षबीच विवाद सुरु भएको थियो । गएको आइतबार राति १० बजेतिर बोलबमका लागि भन्दै कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै एउटा समूह कप्तानगञ्ज चोकतर्फ गइरहेको थियो।
एउटा झण्डा राखिएको र उक्त झण्डा हटाउने विषय, डिजेको अर्को आवाज जस्ता विषय अहिलेको यो झडपमा देखा परेका छन् । चार दिन पहिलेको यो विषयमा प्रशासनले तदारुकता नदेखाउँदा दु:खद घटना भएको छ ।
अहिले सडकमा नेपाली सेनाको टोली हतियारसहित उपस्थित भएको छ । माइकिङ गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । सार्वजनिक केही भिडियो, तस्बिरहरूमा भाटा लिएर सडकमा केही व्यक्तिहरू निस्केको पनि देखिन्छ ।
घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा पनि सुनसरी घटनमा सुरक्षा कमजोरीबारे उल्लेख गरेको छ । आन्दोलन नियन्त्रणमा लिने बहानामा गाेली चलाउनु ठिक हाेइन ।
फरक–फरक समुदाय बसेको ठाउँमा विशेषरी, होली पर्व, साउन र दशैंको बेलामा विशेष सतर्कता अपनाउनुपर्ने र सोही अनुसारको सुरक्षा निकायलाई आदेश, निर्देशन तथा ब्रिफिङ हुनुपर्ने हाे । तर, यहाँ यसाे हुन सकेकाे देखिदैन । यसमा सुरक्षा निकायकाे भङ्कर कमजोरी मानिन्छ ।
अहिले सुनसरीमा भएजस्तै घटना यसअघि धनुषा, सर्लाही, पर्सा, रौतहट, बाँके जस्ता जिल्लाहरूमा पनि देखिएका थिए । ती घटनाहरूलाई बेलैमा सम्बोधन गर्दा ठूलो विवाद र क्षति हुन पाएको छैन ।
पर्सामा त कतिसम्म भने गत निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम समुदायको मन्दिरमा सुँगुरको टाउको फालेर हिंसा भड्काउने प्रयास समेत भएको थियो । सुरक्षा निकाय चनाखो भएकाले घटना हुनुपूर्व नै नियन्त्रणमा लिन सफल भएको थियो ।तर, सुनसरीको घटनामा भने स्थानीय प्रशासनको कमजोरी देखिएको छ । राज्य झनै निरीह बनेकाे यथार्थ हाे ।
यहाँ भएको समस्या विस्तारै अन्य जिल्लामा बढन जाने हाे र सार्वजनिक सम्पति ताेडफाेड हुने हाे भने देश समृद्धिकाे पथमा धेरै पछि पर्ने बाँके युवा माेहीत शाहकाे बुझाई छ ।






