नेपालगन्ज : यतिबेला लुम्बिनी सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री रत्न खत्रीकाे खजुरा क्यान्सर अस्पतालमा धेरै भाैकतल देखिएको छ ।
तर, भाैकाल र गफ अनुसार यस अस्पतालकाे पुर्वाधार तथा अन्य विकासका लागि लुम्बिनी सरकारकाे कुनै भुमिका देखिदैन ।
सरकारले असारमा बजेट ल्याएपनि यस अस्पतालका लागि अलिकति पनि बजेट विनियाेजन गर्न सकेन । जसले गर्दा मन्त्रीकाे भाैकल धेरै भएपनि बजेट शुन्यतामा भएको स्पष्ट छ ।
यसले खजुरा अस्पताल पुगेर फुलमाला समाउनु र यसाे गर्छु उसाे गर्छु भन्नू लजास्पद मात्रै नभई नागरिकका आँखामा छाराे हाल्नु सिवाय अरु नभएको खजुराबासी नै बताउँछन् ।
बजेट ल्याउदा थाेरै भए पनि बजेट हाल्न नसक्ने अहिले आएर ठुला कुरा गर्नुले कुनै अर्थ राख्दैन खजुरा क्यान्सर अस्पताल विकास समितिका एक सदस्यले भने “काम नगर्ने आश्वासमै सबैलाई रनभुल पार्ने काम मात्रै हुने गरेका छन ।”
संघीय सरकारकाे मातहतमा रहेकाे उक्त अस्पतालमा प्रदेश मन्त्रीले यसाे गर्छु, उसाे गर्छु भन्नू वेकारकाे कुरा हाे खजुरा ४ का एक युवा नेताले भने “नसक्ने काममा किन गफ दिनु । खजुरा अस्पतालमा बजेट हाल्न मन्त्री खत्रीकाे क्षेत्राधिकारकाे कुरै हाेइन ।”






