ट्रेण्डिङ

नेपालगन्ज : निजामती कर्मचारी नियमावली अनुसार हरेक कर्मचारीकाे दुई बर्ष अबधि पछि अन्यत्र  सरुवा  हुने प्राावधान छ । तर, बाँकेका केही  कार्यालयमा एउटै कर्चारीकाे बर्षाैदेखि रजगज चलिरहेकाे देखिएको छ ।

सेटिङ्ग र असुली तथा भागबण्डा मिलानमा माहिर भएकै कारण जुन सरकार वा जाे मन्त्री  भएपनि केही  कर्मचारीकाे सरुवा हुँदैन । भए पनि छिनभरमै सेटिङ्ग मिल्छ ।

जसकाे एउटा उदाहरण बाँकेमा मालपाेत, यातायात  र सिडिओअफिसलाई लिन सकिन्छ । मालपाेत र यातायातका केही कर्मचारी दशकदेखि कतै गएका छैनन । उनीहरूकाे बेलाबखतमा सरुवा भने नभएको हाेइन तर माेटाे आर्थिक  भुक्तानी पछि उनीहरू  त्यहीँ फर्किने गरेका छन ।

यसरी रजगज गर्नेमा कसैले नेता त कसैले सम्बन्धित कार्यालका हाकिमदेखि माथिल्लो तहका अधिकारीलाई खुशी बनाउने गरेका छन । सामान्य खरदार, सुब्बाकाे पहुँच माथिल्लो तहमा सहज हुनु याे सबै  आर्थिक भागबण्डा हाे भन्दा अन्यथा नहाेला ।

अहिले यी कार्यालयमा त्याे तहका कर्चनरी सेटिङ्ग र असुल मास्टर बनेका छन । जसमा तलदेखि माथि सम्मकन अधिकारीकाे मिलेमताे देखिन्छ ।

यस्विता गतिविधिले   कर्मचारी सरुवा प्रणाली, प्रशासनिक पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय व्यवसायी, सेवाग्राही तथा मालपोत सेवासँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूका अनुसार कार्यालय प्रमुख समय–समयमा फेरिए पनि केही नायब सुब्बा (नासु) तथा कर्मचारीको प्रभाव भने यथावत् रहेको दाबी गरिएको छ।

“कार्यालय प्रमुख फेरिन्छन्, हाकिम आउँछन् र जान्छन्, तर केही कर्मचारीको पहुँच र प्रभाव कहिल्यै परिवर्तन हुँदैन,” नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, “कार्यालयको वास्तविक काम कसको प्रभावमा चलिरहेको छ भन्ने विषय नै सेवाग्राहीका लागि प्रश्न बनेको छ।”

तर, बाँके प्रशासनले समेत यस बिषयमा  कुनै  चासाे देखाउँदैन । नत सरकारी कार्यालयकाे अनुगमननै गर्ने गरेकाे देखिन्छ । जसले यी र यस्ता कार्यालयमा खरदार, सुब्बाकाे हालिमुहाली चलिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय