नेपालगन्ज : वाटरपार्कमा रहेकाे बागेश्वरी मन्दिर स्थित शंकर भगवानको गुठीलाई दान दिएको करोडौं मुल्यकाे जग्गा व्यक्तिका नाममा हडप्न चलखेल भएको छ ।
बाटरपार्क टाउन प्लानिगको करोडौं मुल्यको १६ कटठा १४ धुर जग्गा ब्यक्तीको नाममा लालपुर्जा बनाउने चलखेलमा यहाँका केही दलि नेतादेखि कानुन व्यवसायी समेत लागि परेका छन । जसन विषयकाे उजुरी उच्च अदालतमा पुगेकाे छ ।
गोकरण महाराजले मृत्यू अघि नै आफुले स्थापना गरेको शंकर भगवान र सन्तोषी माताको पुजाआजाको लागी आफनो निजि जग्गा दानमा दिएका थि ए ।
गोकरण महाराजको मृत्यूपछि उक्त जग्गा नापीको समयमा जग्गा जोताहले पनि जग्गा धनी गोकरण महाराज ब्राम्हमण भनी लेखाईदिएकोमा उक्त जग्गा आफनो श्रीमानले शंकरको पुजा गुठीको लागी दान गरिसकेको हुनाले सोही अनुसार गरिदिन गोकरणको श्रीमती धना कसौंधन वैश्य आफै ततकालिन क्षेत्रिय नापी कार्यालय बांकेमा उपस्थित भएर लेखिलेखाई सहिछाप गरिदिएको नापी कार्यालयको फिल्डबुकमा प्रमाण रहेको देखिएकाे छ ।
नापी कार्यालय बांकेमा रहेको क्षेत्रिय फिल्डबुक समेतको रिपोर्ट अनुसार स्वर्गिय धना कसौंधन वैश्यले सो मन्दिरको पुजाआजाको लागी आफना नाममा दर्ता श्रेस्ता भएको हालको कायम नगर (ग) कित्ता नम्बर ११२ को जग्गा बिगाह ०–१६–१४ जग्गा मन्दिरलाई दानमा दिई उक्त जग्गा संरक्षणको लागी ततकालिन अवस्थामा मन्दिरको सञ्चालक समितिमा रहेका काशीराम बनिया, बिष्णुचरण बनिया, राम प्रशाद, सिताराम हल्वाई, केदारनाथ टण्डन, समेत ६ जनाको सयुंक्त नाममा श्रेस्ता कायम गरिएकाे छ ।
तत्कालिन मन्दिर सञ्चालक समितिमा रहेका ब्यक्तीहरुको मृत्यु भईसकेको र हाल कायम भएको शंकर भगवानलाई दानमा दिएको जग्गा नेपालगञ्ज नगर बिकास समतिले गरेको टाउन प्लानिंको मुख्य भागमा परेर त्यसको मुल्य करोडों कायम गरेकाे छ ।
यसपछि अहिले तत्कालिन मन्दिर सञ्चालक समितिमा रहेका व्यक्तिका सन्ततीहरुले उक्त जग्गा आफनो पुर्खाहरुको भएकोले आफुहरुले पाउनु पर्ने जसर हुन्छ हडप्ने याेजना बुनिरहेका छन ।
आफनो नाममा जग्गा धनी पुर्जा पाउनु पर्छ भन्दै उच्च अदालत जानेहरुमा पहिलो नम्वरमा गोपीकृष्ण हलवाईको छोरा बांके नेपालगञ्ज उप–महानगरपालिका ३ बस्ने प्रदिप कुमार गुप्ता, नेपालगञ्ज ३ मै बस्ने भगवान प्रसादको छोरा अशोक कुमार ।, रबिन्द्र टण्डनको छोरा १३ बस्ने नीरज टण्डन, बिष्णु चरण कसौधनका २ जना छोरा नेपालगञ्ज ४ बस्ने रामगोपाल बैश्य र उमाशंकर कसौधन बनिया रहेेकाे खुलेकाे छ ।
उक्त उजुरीमा बाँकेमा केही कानुन व्यवसायीले पनि राम्रो आम्दानी हुने देखेपछि मन्दिरकाे जग्गा व्यक्तिका नाममा बनाउन न्यायलयमा जाेडबल गरिरहेका छन । तर, नेपालगन्ज उपमहानगरपालिका भने यस पक्षमा देखिदैन । उपमहानगरपालिका एक जनप्रतिनिधिका अनुसार मन्दिरकाे जग्गा व्यक्तिगत गर्न हुदैन मन्दिरकै स्वामित्वमा कायम गरिनुपर्छ ।






