ट्रेण्डिङ

नेपालगन्ज : दैलेखकाे गुराँस गाउँपालिकाकाे शिक्षामा वेथितिका चाङ् देखिएका छन। शिक्षा शाखाका विनि बुपेन्द्र भण्डारीकाे मनाेमानी तथा दादागिरीमा शाखा र शैक्षिक गतिविधि चल्ने गरेका छन ।

नीति, विधि भन्दा पनि विनिकाे तजविजमा कार्यालय चल्दा यस पालिकामा कार्यरत शिक्षकहरु समस्यामा परिरहेको गुनासो छ ।

विनि भण्डारीले गाउँ कार्य समितिकै निर्णय उल्लघन गर्ने, कसैलाई नटेर्ने, आफुखुशी गतिवि संचालन गर्ने देखि शिक्षक सरु र कार्य सम्पादन मुल्यांकन गर्ने समयमा आर्थिक चलखेल गर्ने राजनिती गर्ने र शिक्षकलाई मानसिक असर पु-याउने जस्ता काम गर्ने गरेकाे शिक्षकहरूले गुनासाे गरेका छन ।

केही समयअघि गाउँ कार्य पालिकाले सहमतिय आधारमा गरेकाे शिक्षक सरुवामा पनि विनि भण्डारीले बखेडा निकालि शिक्षकहरुलाई अहिलेसम्म दु: ख दिइरहेकाे समाचार श्रोत बताउँछ ।

कार्य पालिका बैठकले सहमतिय आधारमा माग भए अनुसार शिक्षक सरुवाका लागि सिफारिस गरेकाे छ एक शिक्षकले भने ” तर, विनिले राजनीति पुर्वाग्रही र आर्थिक काराेवार नमिल्दा सरुवा राेका छन ।”

उनका अनुसार विनि भण्डारीले कार्य पालिकाकै निर्णयमा अटेरीपन देखाउँदै दलिय र नेताकाे आडमा दादागिरी गरिरहेका छन ।पालिकाकै निर्णय नमान्दा समेत पालिका कार्य समित र यहाँ प्रमुख प्रशासकीय अधिकृत ओम देवकाेटा समेत तै चुप मै चुवकाे अबस्थामा छन ।

पालिका क्षेत्रमा कार्यरत शिक्षकहरू विनिका कारण तनावमा हुँदा यहाँको शैक्षिक अबस्थामा परे प्रभाव परिरहेकाे देखिएकाे छ ।

सामुदायिक विद्यालयहरूको पठनपाठन र शैक्षिकस्तर उकास्न गाउँपालिकाको शिक्षा शाखा सक्रिय रूपमा लागिपरेकाे  देखिदैन । वप्रवेशी शिक्षकहरूका लागि पेसागत विकास तथा मेन्टरिङ (शिक्षक मार्गदर्शन) कार्यक्रमहरू सञ्चालन प्रभावकनरी हुन नसकेकाे बताइएको छ ।

सरकारी सेवा र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने नियम कडाइका साथ लागू समेत गर्न विनिले उदासीनता  देखाएका छन । 

तर, विनि भण्डारी भने यस्ताे आराेप वा गुनासो  स्वीकार्न तयार छैनन । उनले कार्यपालिकाे बैठक बसेर निर्ण गरेपनि त्याे निर्णय नीतिगत नभएको दाबी गरेका छन ।

उक्त बैठकमा आफुलाई सहभागी नबनाएकाे प्रती लक्षित गर्दै  भण्डारीले शिक्षक सरुवा आफुले गर्न नसक्ने बताउँदै  नीतिगत निर्णय पालिकाले गरेकाे र पालिकाका हाकिमकाे दम भए  गरेर देखाउन उल्टै  चेतावनी  दिएका छन ।

यस बिषयमा पालिकाका प्रमुख प्रशासकीय  अधिकत ओम देवकाेटासँग बुझ्न खाेज्दा उनसँग रहेकाे व्यक्तित र सरकारी दुवै  फाेनमा सम्पर्क  हुन सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय