बाँके प्रशासनमा मिटर ब्याजीविरुद्ध दुई दर्जनबढी उजुरी परेका छन् । उजुरी परेकामध्ये केही मुद्दा अदालती प्रक्रियामा पुगेका छन । जसमा दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको सिडिओ अफिस निकट श्रोत बताउँछ ।
तर, बाँकेमा मिटर ब्याजीको ठूलो समस्या नरहेको भन्दै जिल्ला अधिकारीहरु आएका छन । पूर्वतिर जस्तो समस्या नदेखिएपनि यहाँ याे समस्या कमी चाहिँ छैन ।
यश काममा सरका,का पुर्व उच्च अधिकृतदेखि ठेकेदार, नेता र व्यवसायी संलग्न देखिन्छन । बाँके सिडिओ अफिसमा परेका उजुरी ह्र्दा पनि याे तह र तप्काका व्यक्तिले मिटरब्याजकाे काम गर्दै आएकाे देखिएको छ ।
रकम असुलीकाे माग गर्दै नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाा धेरै नागरिकले प्रशासनमा उजुरी दिएका छन । तर, समस्या जस्ताकाे त्यस्तै छ ।
मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ। अहिले नेपालगन्जमा यही धन्दाबाट आर्जिक अबैध रकमले क्याफे रेष्टुरेन्ट र हाेटलमा मस्ती गर्ने र आलिशान जीवन विताउनेकाे हाेडबाजी नै छ ।






