नेपालगन्ज : खुमा अर्यालकाे अधिक स्वामित्वमा सुर्खेतराेडकाे विपिचाेकमा रहेकाे संजिवनी अस्पतालबाट विरामी बिक्री हुने गरेकाे गुनासाे सार्वजनिक भएको छ ।
यस अस्पतालमा उपचारका लागि आउनेमध्ये केही जटिल राेगका विरामी लखनउका अस्पतालमा रिफर हुने गरेका छन ।
यसरी रिफर गर्दा संजिवनीका केही चिकित्सक, कर्मचारी सुरक्षा गार्डकाे सेटिङ्ममा एउटा फार्मेसी मार्फत आफ्नाे सम्पर्कमा रहेका लखनउका अस्पतालमा पठाउने गरिएको खुलेकाे छ ।
बिशेषगरी गार्डकाे सिफारिस र पहलमा चिकित्सकलाई आर्थिक प्रलाेलभनमा पारि यहाँका फार्मेसीले लखनउकाे एसभिएम अस्पतालमा पठाउने गरेका छन ।
त्यहाँ विरामी पठाए वाफत तीफार्मेसीलाई माेटाे रकम कमिशन आउने गरेकाे छ ।
उक्त अस्पतालमा विरामी पठाउने भन्दै संजिवनीका गार्डकाे मिलेमताेमा नजिकै रहेका केही फार्मेसीेले विरामी फकाउने र लखनउ पठाउने गरेकाे र यसबाट १० लाख रकम कमिशन लिएको समाचार श्रोत बताउँछ ।
उक्त कमिशनबाट गार्ड र केही चिकित्सकलाई समेत भाग मिलान हुँदै आएको श्रोत बताउँछ ।
भारतकाे लखनउमा रहेका यस्ता अस्पतालले नेपालगन्ज, काेहलपुरका केही फार्मेसी र अस्पतालका चिकित्सक, गार्डसँग नेपालगन्जमा केही दलिय आडमा गुण्डागर्दी गर्ने युवालाई एजेन्टका रूपमा राखेका छन ।
फार्मेसी संचालकसँगै ती एजेन्टले अस्पतालका चिकित्सक र गार्डसँग सिधा सम्पर्क गर्ने र आफसले भनेका लखनउका अस्पतालमा विरामी पठाउने गरेका छन ।
यसबाट आउने कमिशनलाई नागरिकले विरामी खरिदबिक्रीकाे संज्ञा दिदै आएका छन । तर, बाँके प्रशासन यस्ता अस्पतालकाे अनुगमन तथा निगरानीमा उदासीन देखिदै आएकाे छ ।






