नेपालगन्ज : बाँकेको नेपालगन्ज स्थित धम्बाेझिदेखि खजुरासम्मकाे फाेरलन सडक गुणस्तरहिन देखिएकाे छ । नेपालकै चर्चित शर्मा एण्ड शर्मा निर्माण कम्पनीले बनाएकाे उक्त सडककाे कालाेपत्रे गुणस्तरहिन देखिएकाे हाे ।
सडक निर्माण गरेकाे ६ महिना नपुग्दै साे सडककाे कालाेपत्रे उम्किने, सडक चर्किने गरेकाे खजुराका स्थानीय सतिश निराैलाले सामाजिक सन्जाल फेसबुकमै सार्वजनिक गरेका छन ।
नेपालगन्ज गुलरिया सडक अक्सफाल्ट प्रविधिबाट निर्माण भएकाे हाे । ओटाशील प्रविधि सडकको सबैभन्दा कमसल प्रविधि भएको मानिने गरेको छ ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले ठेक्का लिएर निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर अहिलेसम्म बनेकाे देखिदैन । यहाँका जनप्रतिनिधि देखि निर्माण कम्पनी समेत सडक तत्काल सक्नेमा उदासीन देखिएका छन ।






