नेपालगन्ज : नेकपा एमाले बाँकेले ९ औ जिल्ला अधिवेशनकाे आर्थिक हरहिसाब अहिले पनि पारदर्शी रूपमा सार्वजनिक गरेकाे छैन । उक्त अधिवेशनका लागि एमालेले जिल्लामा रहेका संगठित सदस्यदेखि, विभित्र भातृ संगठन, पालिका कमिटी देखि व्यवसायी लगायतसंग रकम असुली गरेकाे थियाे ।
अधिवेशनका लागि उठाईएकाे रकम कति, खर्च भएको कति ? कुन कुन शिर्षकमा कति ? बचत कति ? अहिलेसम्म पारदर्शी सार्वजनिक गरेकाे देखिदैन ।
एमाले बाँकेमा विगत लामाे समयदेखिकाे आर्थिक हिनामिना अहिले पनि पारदर्शी हुन सकेकाे छैन । केन्द्रकाे लेखा आयाेगले समेत जिल्ला र केन्द्रीय कमिटी सदस्यकाे मिलेमतोमा हचुवाकाे लेखापरीक्षण गरेकाे खुलेको छ ।
यसअघिका आर्थिक विभाग संयाेजक अशाेक कर्माचार्य र कृष्णप्रसाद श्रेष्ठले आफ्नाे कार्यकालकाे हरहिसाव फरफार तथा पारदर्शी सार्वजनिक नगरी उक्त पदबाट बाहिरीएका छन ।
यसअघि किस्मत कक्षपतिकाे पालामा याे भएन, त्याे भएन भन्दै उफ्रिने निरक गुरुङ अहिले नेतृत्वमा छन । यद्यपि उनकै तीन महिने कार्यकालकाे याे समयमै जिल्ला अधिवेशनकाे बजेटमा नै पारदर्शिता देखिएकाे छैन ।
तीन महिनामा असफल देखिएकाे अहिलेकाे जिल्ला कमिटीले गरेका दुईवटा निर्णय नै कार्यान्वयनमा ल्याउन नसकेको एमाले जिल्ला कमिटी सदस्यहरु नै बताउँछन् ।






