नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण अर्यालले माग गरेकाे पुर्वाधार निर्माणकाे माग प्रधानमन्त्रि केपी शर्मा वलिले ठाडै अस्वीकार गरेका छन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य र प्रदेश मन्त्रीहरूले प्रदेशको राजधानीमा पूर्वाधार विकास गर्न संघ सरकारसँग बजेटको माग गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा उनीहरूले प्रदेशको समग्र पूर्वाधार विकासमा संघ सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरेका हुन ।
जवाफमा प्रधानमन्त्री ओलीले अहिले भवन, कार्यालय लगायतका संरचनामा खर्च नगर्न आग्रह गरेका छन । उनले मुख्यमन्त्री र मन्त्रीलाई पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ केन्द्रित हुन भनेका छन् ।






