ट्रेण्डिङ

नेपालगन्ज : नेकपा एमाले बाँकेमा अहिलेसम्म सचिवालय गठन हुन सकेकाे छैन । जिल्ला अध्यक्ष निरक गुरुङ र पदाधिकारीकाे लापरवाहीसंगै असक्षमताका कारण सचिवालय गठन हुन नसकेको एमाले जिल्ला कमिटी सदस्यनै बताउँछन् ।

अध्यक्ष गुरुङलगायत पदाधिकारीले बाँके क्षेत्र नम्बर एकका क्षेत्रीय इन्चार्ज सुर्य ढकालकाे इशरामा यसअघि विधि विधान विपरीत गरेकाे सचिवालय गठन चाैतर्फि आलाेचना, टिकाटिप्पणि र विराेधपछि उपाध्यक्ष रत्न खत्रीकाे अध्यक्षतामा बसेकाे बैठकले खारेज गरेकाे थियाे । त्यसपछि अहिलेसम्म सचिवालय गठनकाे प्रकृया अघि बढन सकेकाे देखिदेैन।

त्यहिबेला जिल्ला कमिटी सदस्यकाे गरिएको जिम्मेवारी बाँडफाँडपनि कार्यान्वयन हुन सकेकाे छैन । यतिबेला आम नेता कार्यकर्ता र जिल्ला कमिटी सदस्यले समेत सचिवालय गठन र जिम्मेवारी बाँडफाँडका बिषयमा अध्यक्ष गुरुङलाई प्रश्न गरिरहेका छन । तर, अध्यक्ष लगायत पदाधिकारीकाे यश प्रश्नकाे जवाफ छैन ।

कार्यालय सचिव ताेकिएका कृष्ण थापाले समेत पदभार ग्रहण र बजबुजारथ नपाउदा काम गर्न सकेका छैन । स्मरणहाेस : यसअघि विधि विपरीत गरिएकाे सचिवालय गठन र मनाेमानि ढंगले गरिएको जिम्मेवारी बाँडफाँडमा सतप्रतिशत सदस्य असन्तुष्ट देखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय