नेपालगन्ज : बाँकेमा जताततै खुल्ला रुपमा बिक्री भइरहेको ८० प्रतिशत दूध गुणस्तरहीन देखिएको छ । तर, यसकाे राेकथाम र नियन्त्रणमा स्थानीय प्रशासनसङ्गै सराेकारवाला निकाय उदासीन छन ।
केही समयअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नेपालगन्ज र कोहलपुरमा दूधको नमूना संकलन गरी परीक्षण गर्दा न्यून गुणस्तरको दूध पाइएको थियाे । याे अबस्था अहिले पनि उस्तै छ । यद्यपि कार्यालय उदासीन छ ।
भारतबाट परीक्षणबिनै अवैध रूपले दैनिक आठ हजार लिटर दुध बाँकेमा भित्रिने गरेको दुग्ध व्यवसायी बताउँछन् । बाँकेमा २२ हजार लिटर दुध खपत हुने अवस्था छ । सात हजार लिटर अन्य जिल्लामा पठाइने गरिएको छ । तर जिल्लामा मात्रै २४ हजार लिटर दुध उत्पादन भइरहेको छ । बर्दियाबाट पनि सात हजार लिटर दुध भित्रिने गरेको छ ।
भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी दीपकराज भण्डारी बताउँछन् ।
नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेका छन् । जसका कारण व्यवसाय धाराशायी
हुँदै गएको छ ।






